१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र म्यानमारबीच पहिलो हाफमा २–२ को बराबरी



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपाल र म्यानमारबीचको खेल जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा दुबै टिमले २–२ को बराबरी खेलेका छन् ।

खेलको पाँचौं मिनेटमा नै म्यानमारले अग्रता लियो । म्याट नोइ खिनले गोल गर्दै म्यानमारलाई सुरुवाती अग्रता दिलाइन् ।

उनले फ्रिकिकबाट उत्कृष्ट गोल गरिन् । २५ यार्ड परबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भयो । नेपालकी गोलकिपर अञ्जना राना मगरले बल रोक्न सकिनन् ।

खेलको ११ औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी सविता राना मगरले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् । साबित्रा भण्डारीले उपलब्ध गराएको पासमा सविताले ट्यापिङ गर्दै गोल गरिन् । सावित्राले म्यानमारका डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट पास उपलब्ध गराइन् ।

१६ औं मिनेटमा पुनः म्यानमारले अग्रता लियो । मे हेतेत लुले गोल गर्दै टोलिलाई २–१ को अग्रता दिलाइन् । नेपालका डिफेन्डरको गल्तीलाई सदुपयोग गर्दै उनले गोल गरिन् । नेपालका डिफेन्डरले बल क्लियर नगर्दा त्यसको फाइदा उठाउँदै लुले गोल गरिन् ।

४० औं मिनेटमा नेपालले बराबरी गर्यो । साबित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै नेपाललाई २–२ को बराबरीमा ल्याइन् । प्रिति राईले उपलब्ध गराएको पासमा साम्बाले गोल गरिन् ।