३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

पुर्व राजा ज्ञानेन्द्रबारे प्रचण्ड, बाबुरामको अभिव्यक्ति खेदजनक छ : राप्रपा प्रवक्ता श्रेष्ठ

पुर्व राजा ज्ञानेन्द्रबारे प्रचण्ड, बाबुरामको अभिव्यक्ति खेदजनक छ : राप्रपा प्रवक्ता श्रेष्ठ
अ+ अ-

काठमाडौँ। प्रचण्ड, बाबुराम लगायत हिजोका आतंकवादी कित्ताका माओवादीहरुको राजा ज्ञानेन्द्र लक्षित टिप्पणी खेदजनक रहेको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन् “विदेशी समर्थन, विदेशी प्रायोजन र विदेशी एजेण्डा बोकेर नेपालको परम्परागत मूल्य मान्यतामाथि धावा बोल्ने, हत्या हिंसा गरेर समाजलाई आतंकित तुल्याउने, योजनाबद्ध रुपमा देशका लाखौं युवा लखेट्ने लगायतका विध्वंसकारी मार्गचित्र बोकेका भ्रष्ट जमातहरुले रक्तपातबिहीन सत्ता हस्तान्तरण गरी सामान्य जीवनयापन गरिरहेका राजालाई तथानाम गर्नु लज्जास्पद र हास्यास्पद छ।”

यो ०६२/६३ साल होइन ०८१/८२ हो । बितेका २० वर्षमा नवधनाढ्य बन्ने होडबाजी, शासकीय अक्षमता र तिब्र भ्रष्टीकरणका कारण माओवादी क्रान्तिकारिता खिया लागेर भुत्ते भइसकेका छन् । आन्दोलनप्रति निष्ठा, इमान भएका बचेखुचेकाहरु अधिकांश निस्क्रिय छन्, कोही अर्को पार्टीमा सक्रिय छन्, धेरै त विदेश पलायन भएका छन्। आफ्नो गलत नीति, अकर्मण्यता र असफलता ढाकछोप गर्न राजालाई दोषारोपण गर्नु गलत, अनैतिक र अराजनीतिक हो । यसको प्रतिवाद गरिन्छ।

त्यसैपनि राजालाई चेतावनी दिने नैतिक सामर्थ्य प्रचण्ड/बाबुरामहरुले उहिल्यै गुमाइसकेका छन्। नक्कली क्रान्तिकारिता अब चल्दैन, बिक्दैन र जनताले पत्याउॅदैनन् है । गणतन्त्र यसको प्रयोग र अभ्यासबाटै असफल सिद्ध भइसकेको छ । भरियाले अब यसको भार थेग्न सक्ने छैनन् ।

जसको भारी हो त्यो भारी उसैलाई जिम्मा लगाएर नवीन राजनीतिक समझदारी गरौं भन्ने राप्रपाको प्रस्ताव स्विकार गर्नु बुद्धिमानी हुनेछ ! हरेक नेपालीलाई देशको दुरावस्थाबारे चिन्ता गर्ने, बोल्ने, विकल्प सोच्ने, संगठित हुने र तदअनुरुपको कार्ययोजना बनाउने हक छ, राजालाई पनि छ।