१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामसँग आर्सनल पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको आर्सनललाई झट्का लागेको छ । गएराति भएको खेलमा आर्सनल घरेलु मैदानमै वेस्टहाम युनाइटेडसँग १–० गोलले हार्न पुग्यो ।

वेस्टहामको जितमा खेलको ४४ औं मिनेटमा जारोर्ड बोइनले गरेको गोल निर्णायक बन्यो । ७३ औं मिनेटमा लेविस–स्केलीले रातो कार्ड खाएपछि आर्सनल थप दबाबमा पर्यो । वेस्टहामलाई दबाबमा राखेपनि आर्सनलले गोल गर्न भने सकेन ।

पराजित आर्सनल २६ खेलबाट ५३ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । हारसँगै आर्सनलले शीर्षस्थानको लिभरपुलसँग अंकदुरी घटाउने अवसर गुमायो । लिभरपुलको ६१ अंक छ । विजयी वेस्टहाम ३० अंकका साथ १६ औं स्थानमा रहेको छ ।