८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माउन्टेन मुभर्स खुला बास्केटबलको फाइनलमा



अ+ अ-

काठमाडौं। माउन्टेन मुभर्स खुला बास्केटबल प्रतियोगिताको महिलामा शनिबार फाइनलमा प्रवेश गरेको छ। ३ टिम सहभागी राउन्ड रोविन लिगमा माउन्टेन मुभर्स अपराजित रहँदै फाइनलमा पुगेको हो ।

नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगितामा माउन्टेन मुभर्सले लिगको अन्तिम खेलमा आईएसए नेपाललाई ४७–२८ ले पराजित ग¥यो । माउन्टेन मुभर्सकी छिरिङ शेर्पाले १२ अंक जोडिन् । शीर्ष स्थानमा रहँदै फाइनल पुगेको माउन्टेन मुभर्सले सुरुका तीन क्वाटरमा लिएको अग्रतानै जितको आधार बन्यो । माउन्टेन मुभर्सले पहिलोमा ८–०, दोश्रोमा १८–८ र तेश्रोमा ११–६ को प्रदर्शन ग¥यो ।

चौथोमा आईएसए नेपालले १४–१० को सान्त्वना अग्रता हासिल ग¥यो । लिगको पहिलो खेलमा माउन्टेन मुभर्सले कीर्तिपुरलाई ६८–५२ ले हराएको थियो । लगातार दोश्रो हारसंगै आईएस नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा माउन्टेन मुभर्सको भेट कीर्तिपुरसंग हुनेछ । कीर्तिपुरले आफ्नो पहिलो लिग खेलमा आईएसए नेपाललाई ५२–४९ ले हराएको थियो ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा प्लेबक्स फाइनलमा पुगेको छ । प्लेबक्सले शनिबार भएको सेमिफाइनलमा रोयललाई ८२–६२ ले हरायो । प्लेबक्सको जितमा आशिष महर्जनले सर्वाधिक २४ अंक जोडिन् । अब प्लेबक्सले उपाधिका लागि आर्मी र टाइम्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल अहिले जारी छ ।

फाइनल आइतबार हुनेछ । पुरुषमा पहिलो हुनेले १ लाख र दोश्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलाको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवै समूहको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान २०–२० हजार तथा उदीयमान खेलाडीलाई समान १०–१० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।