६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

माउन्टेन मुभर्स खुला बास्केटबलको फाइनलमा

माउन्टेन मुभर्स खुला बास्केटबलको फाइनलमा
अ+ अ-

काठमाडौं। माउन्टेन मुभर्स खुला बास्केटबल प्रतियोगिताको महिलामा शनिबार फाइनलमा प्रवेश गरेको छ। ३ टिम सहभागी राउन्ड रोविन लिगमा माउन्टेन मुभर्स अपराजित रहँदै फाइनलमा पुगेको हो ।

नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगितामा माउन्टेन मुभर्सले लिगको अन्तिम खेलमा आईएसए नेपाललाई ४७–२८ ले पराजित ग¥यो । माउन्टेन मुभर्सकी छिरिङ शेर्पाले १२ अंक जोडिन् । शीर्ष स्थानमा रहँदै फाइनल पुगेको माउन्टेन मुभर्सले सुरुका तीन क्वाटरमा लिएको अग्रतानै जितको आधार बन्यो । माउन्टेन मुभर्सले पहिलोमा ८–०, दोश्रोमा १८–८ र तेश्रोमा ११–६ को प्रदर्शन ग¥यो ।

चौथोमा आईएसए नेपालले १४–१० को सान्त्वना अग्रता हासिल ग¥यो । लिगको पहिलो खेलमा माउन्टेन मुभर्सले कीर्तिपुरलाई ६८–५२ ले हराएको थियो । लगातार दोश्रो हारसंगै आईएस नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा माउन्टेन मुभर्सको भेट कीर्तिपुरसंग हुनेछ । कीर्तिपुरले आफ्नो पहिलो लिग खेलमा आईएसए नेपाललाई ५२–४९ ले हराएको थियो ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा प्लेबक्स फाइनलमा पुगेको छ । प्लेबक्सले शनिबार भएको सेमिफाइनलमा रोयललाई ८२–६२ ले हरायो । प्लेबक्सको जितमा आशिष महर्जनले सर्वाधिक २४ अंक जोडिन् । अब प्लेबक्सले उपाधिका लागि आर्मी र टाइम्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल अहिले जारी छ ।

फाइनल आइतबार हुनेछ । पुरुषमा पहिलो हुनेले १ लाख र दोश्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलाको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवै समूहको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान २०–२० हजार तथा उदीयमान खेलाडीलाई समान १०–१० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।