५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टन र युनाइटेडले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड र एभर्टनले बराबरी खेलेका छन् ।

भर्खरै सम्पन्न खेलमा दुबै टोलिले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु टोलि एभर्टनले पहिलो हाफमा दुई गोलको अग्रता लिएपनि अन्तिमसम्म उक्त अग्रता कायम राख्न सकेन । खेलको १९ औं मिनेटमा बेटोले तथा ३३ औं मिनेटमा एब्डोलाए डोकुरेले गोल गर्दै एभर्टनलाई दुई गोलको अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफमा युनाइटेडले बराबरी गोल फर्कायो । ७२ औं मिनेटमा ब्रुनो फर्नान्डेजले तथा ८० औं मिनेटमा म्यानुएल उगार्टेले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका हुन् । यो नतिजापछि एभर्टन २६ खेलबाट ३१ अंकका साथ तालिकाको १२ औं स्थानमा छ भने युनाइटेड ३० अंकका साथ १५ औं स्थानमा छ ।