८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङ्ल्याण्डले अस्ट्रेलियालाई दियो ३५२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। इङल्याण्डले च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा अस्ट्रेलियालाई ३५२ रनको लक्ष्य दिएको छ ।

बेन डकेटले ऐतिहासिक प्रदर्शन गर्दा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रन बनायो। टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि ओपनर डकेटले १ सय ४३ बलको सामना गर्दै १७ चौका र ३ छक्काको सहयोगमा १ सय ६५ रन बनाए।

उनीबाहेक जो रुटले ६८ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा जोफ्रा आर्चरले २१ रन लियम लिभिङस्टोनले १४ रन कप्तान जोस बटलरले २३ रन बनाए।

बलिङतर्फ बेन द्वारशुसले ३ विकेट लिए भने एडम जाम्पा र मार्नुसले समान २/२ विकेट लिए ।