१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

‘सरकारले बनाउने कानून सरकारी संयन्त्रले कार्यान्वयन नगर्नु दुःखद्’

‘सरकारले बनाउने कानून सरकारी संयन्त्रले कार्यान्वयन नगर्नु दुःखद्’
अ अ+ अ-

काठमाडौँ । उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले तदारुकता देखाउन जरुरी रहेको सांसदहरुले बताएका छन् ।

शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उद्योग तथा त्यहाँ कार्यरत श्रमिकहरुको समस्यामा समाधान गर्ने दायित्व सरकारको भएको बताउनु भयो । उहाँले उद्योगहरुबाट आएको तथ्यपरक र प्रमाणमा आधारित सममस्याको समाधान गर्न सरकारले तदारुकताका साथ काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अहिले उद्योगधन्दा एवं कर्पोरेट हाउसहरु धराशायी बन्दै गएका उल्लेख गर्दै यसमा सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा उद्योगधन्दाहरु धराशायी हुने अवस्था किन सिर्जना भयो ?भन्दै प्रश्न समेत गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘सबै श्रमिकहरुको समस्याको समाधान गर्नुपनि राज्यको दायित्व हो । सबै कर्पोरेट हाउसहरु र सबै उद्योगहरुको समस्या समाधान गर्नु राज्यको दायित्व हो । त्यसकारण श्रमिक र उद्योगहरुको पक्षमा यहाँबाट आउने निचोड तथ्यमा आधारित, प्रमाणमा आधारित र कानूनसम्मत हुनुपर्दछ । श्रमिकले आफ्नो ज्याला कुनैपनि हालतमा पाउनुपर्छ । यसमा दुईमत रहेन । तर २०० जनालाई रोजगारी दिँदैगर्दा उद्योग धराशायी किन भयो । यस्तो हुँदैगर्दा राज्यले के दायित्व निर्वाह गर्यो ? नेपालमा रहेका अन्य उद्योगहरु घरासायि हुने अवस्था किन सिर्जना भयो ?’

बैठकमा बोल्दै नेकपा९एमाले०का सांसद हेमराज राईले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिप्रति राज्य संयन्त्र नै जिम्मेवार नभएको आरोप लगाउनु भयो । उहाँले उद्योगधन्दाहरुमा आएको समस्याप्रति सरकारका निकाय नै बेखबर हुनु दुःखद् भएको बताउनु भयो । उहाँले कानून बनाउने निकाय सरकार भएपनि कार्यान्वयनको सवालमा सरकारका संयन्त्रले गैरजिम्मेवारीपन देखाउने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले बोकिरहेको निजी क्षेत्रको उद्योगधन्दाहरुलाई प्रोत्साहित गर्ने नीतिप्रति तपाईहरु कति जिम्मेवार भएर सोचिरहनुभएको छ रु भन्ने प्रश्ने हामीले उद्योग मन्त्रालय र राष्ट्रिय वाणिज्य बैंकलाई नगर्ने रु उद्योग विभाग वा उद्योग मन्त्रालय होस् जब तपाईहरु समितिमा प्रश्तुत भइराख्नु भएको छ । तर तपाईहरु वेखबर भएर जसरि प्रश्तुत हुनुले दुःख लागेको छ । यसलाई अन्यथा नठान्नु होला । कानून कार्यान्वयनको विषय भनेको हाम्रो विषय हो, सरकारको विषय हो । संसदले कानून पास गर्छ । कार्यान्वयन पनि सरकारले गर्नुपर्छ ।’

उहाँले संसदले गरेको निर्देशन कार्यान्वयनमा राज्यका संयन्त्रहरुले तत्परता देखाउन जरुरी रहेको बताउनु भयो ।