६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मलको जोहो गर्न प्रधानमन्त्री सक्रिय,  युरिया पैंचो  दिन अनुरोध गर्दे  बंगलादेशका प्रधानमन्त्रीसंग फोन वार्ता

मलको जोहो गर्न प्रधानमन्त्री सक्रिय,  युरिया पैंचो  दिन अनुरोध गर्दे  बंगलादेशका प्रधानमन्त्रीसंग फोन वार्ता
अ+ अ-

काठमाडौं । ५० मेट्रिक टन युरिया पैंचो  दिन अनुरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले  बंगलादेशका प्रधानमन्त्री शेख हसिना संग सम्बाद गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार साँझ करिब  २० मिनेट लामो टेलिफोन सम्वाद गर्दे  छिमेकी राष्ट्र बंगलादेशसँग सहयोगका लागि आग्रह गर्नुभएको हो ।   बंगलादेश नेपाललाई ५० मेट्रिक टन युरिया पैंचो दिन सहमत भएको  जनाईएको छ । 

युरिया मल संगै उहाहरु बीच रेल्वेमार्गका विषयमा समेत छलफल भएको  थियो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल बनाउने योजनाअनुरुप चीनबाट काठमाडौं, भारतको रोहनपुर हुँदै बंगलादेशसम्म रेल पुर्याउने योजना रहेको जानकारी गराउदै बंगलादेशसँग  पनि सहकार्यका लागि आग्ह गर्नुभयो । 

रेल्वेमार्ग जोड्नका लागि प्रधानमन्त्रीले रोहनपुरबाट भारतको सिंगवादसम्म पुग्ने नयाँ रुट दिएकोमा प्रधानमन्त्री हसिनाप्रति कृतज्ञता समेत व्यक्त गर्नुभएको छ । 

यसै गरी टेलिफोन सम्वादमा विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बङ्गलादेशलाई बिजुली आपूर्ति गर्नका साथै दुई देशबीच अवरोधरहित सन्तुलित व्यापारको प्रवद्र्धन, बङ्गलादेशको पारवहन सुविधामा सुधार, पर्यटन प्रवद्र्धन र अन्य विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसै गरी दुई प्रधानमन्त्री बीच  कोभिड–१९ महामारीविरुद्ध दुबै देशका सरकारले गरेका काम कारबाहीका बारेमा पनि छलफल भएको थियो ।