१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा बोलिने भाषा जोगाउन आवश्यकः पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भएका भाषाहरु जोगाउनु आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भाषाहरु नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने बताउनु भयो । उहाँले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरुको संरक्षण र संवद्र्धन गर्नु रहेको बताउनु भयो । उहाँले भाषा आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरुको अभिभाकत्व लिएर भाषाको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले संघीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानून मन्त्रालयमा पुगेको उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘भाषाहरु बढ्नसक्ने सम्भवना छ । तर भएका भाषाहरु जोगाउनु नै हाम्रो प्रमुख चुनौति हो । भाषा आयोगको प्रमुख चुनौति संविधानमा जे लेखियोस्, कानूनमा जे लेखियोस् । तर यसको स्पिरिटलाई पक्रिने हो भने जोगिएका भाषा त जोगिएकै छन् । विकसित भएका भाषा त विकसित भएकै छन् । मैले बोलिरहेको नेपाली भाषामा त मानिसहरु लागेकै छन् । जो भाषामा कोही पनि छैनन् । जसको सहारा कोही पनि छैनन्, ति भाषा जोगाउने काममा यसको सहारा म हुँ, अभिभावक म हुँ, मैले जोगाउँछु भनेर भाषा आयोगले काम गर्नेछ । त्यसका लागि आवश्यक पर्ने ऐन, जुन कानून मन्त्रालयमा छ भन्नुभएको छ, यो संघीय भाषा ऐन बनाउने सन्दर्भमा मन्त्रालयका तर्फबाट तत्परता देखाउनेछु ।’

मन्त्री पण्डेले भाषा दशकको बारेमा भाषा आयोग, युनेस्को र मन्त्रालय बसेर काम गर्नुपर्ने बताउनु भयो ।