२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

समावेशी आयोगको कार्यक्षेत्र व्यवस्थित गर्न कानुन संशोधन आवश्यक छ : मन्त्री गुरुङ



अ+ अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समावेशी आयोगको कार्यक्षेत्र व्यवस्थित गर्न कानुन संशोधन आवश्यक रहेको बताए ।

राष्ट्रिय समावेशी आयोगद्वारा ‘आयोग दिवस–२०८१’ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले समावेशी आयोग संवैधानिक व्यवस्थाअनुरुप स्थापित भए पनि कार्यक्षेत्र स्पष्ट नभएकाले यसलाई व्यवस्थापन गरिनुपर्नेमा जोड दिए।

कुनै समुदायले दोहोरो सुविधा पाउने, कुनैले नपाउने अवस्था छ, थर र उपथरका आधारमा मधेसी आयोग तथा थारु आयोग दुवैबाट सुविधा लिनसक्ने अवस्था पनि छ, विभिन्न आयोगका दिवस मनाइरहँदा यस्ता कुरामा ध्यान दिनु आवश्यक छ”, मन्त्री गुरुङले भने ।

पिछडिएका समुदायको आर्थिक, सामाजिक स्तर उकास्न र मूलधारमा उनीहरुको प्रतिनिधित्व गराउन आयोगको भूमिका महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले अहिले समावेशी आयोगको कार्यक्षेत्र ठूलो र अस्पष्ट छ ।

राज्यको मानसिकता आयोग बोझ भए भन्ने छ, तर यसलाई हामीले व्यवस्थापन गरेर हाम्रो मुलुकभित्र सबै जातजातिलाई एकत्रित बनाएर राख्न, सबैलाई अधिकार दिन, राज्यको जिम्मेवारी पूरा गर्दै पछाडि परेका समुदायको हकअधिकार सुनिश्चित गर्न ध्यान दिनुपर्छ”, मन्त्री गुरुङले भने  । उनले विविधताभित्र एकता कायम गर्न नीतिगत व्यवस्थाका लागि यस्ता आयोग स्थापना भएका बताए।

विकास, सामाजिक तथा सांस्कृतिक हिसाबले भएको असमानता हटाउने, समानताका माध्यमबाट समावेशी र समतामूलक समाज निर्माण गर्ने लक्ष्य छ, त्यसपछि समाजवादको आधार तयार हुन्छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सिमान्तकृत समुदाय पिछडिएका समुदायलाई कसरी मूलधारमा ल्याउन सकिन्छ भनेर काम गर्न सुझाव दिए।

समाजमा विभिन्न समुदायबीच जुन किसिमको खाडल छ, त्यसलाई समाधान गर्नु आवश्यक छ, सबै जातजातिलाई मूल प्रवाहमा ल्याउनुपर्छ । हामी सबै मिलेर जानुपर्छ, सबैको अधिकार संरक्षण प्रवद्र्धन गरेर अघि बढ्नु पर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष मगरले सबैको मानव अधिकार संरक्षण गरेर जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले समावेशी आयोगले सम्पादन गरेका कामबारे व्याख्या गर्दै आयोगले आगामी दिनमा गर्ने कामका बारेमा जानकारी दिए । सामाजिक न्यायका लागि राज्यका स्रोतसाधनको वितरण गर्नुपर्ने उल्लेख गर्दै उहाँले आयोगले सीमित स्रोतसाधनबीच आफ्नोतर्फबाट हरसम्भव काम गरिरहेको छ ।

राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले आयोगले समावेशिताका लागि तोकिएको हकअधिकार संरक्षण गर्दै आएको छ । उनले आयोगले आर्थिक रुपमा विपन्नको हकअधिकार संरक्षण गर्न पहल गर्ने बताए ।

सो अवसरमा आयोगमा कार्यरत नायब सुब्बा भोजराज अधिकारी, सवारी चालक विनोद महर्जन र कार्यालय सहयोगी रमा खनाललाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको थियोे ।