६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति

प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति
अ+ अ-

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा पर्ने हुलाकी मार्ग जोड्ने दुई वटा पहुँच मार्गको स्तरोन्नति गर्ने कार्य तीव्रगतिमा अघि बढिरहेको छ । प्रदेश नं ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयलले चालु आर्थिक वर्ष २०७७र७८ मा पनि सो सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिएको हो । 
 
मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत यस जिल्लाको सुनवल तुरिया–पर्सावल–अमरौट–घिनाहा–बकेना सडक र स्थानीय तह पहुँच मार्गअन्तर्गत बासा–तुल्सीनगर–तिलकपुर–खोखरपुरा– पटनी–भिमटाडी सडक स्तरोन्ति कार्यले प्राथमिकता पाएको हो । 

सडकको स्तरोन्नतिको निर्माणाधीन योजनाअन्तर्गत पर्सावल–अमरौट–घिनाहा–बकेना सडकमा हालसम्म करिब साढे पाँच किलोमिटर बाटो कालोपत्र भइसकेको छ । आगामी आर्थिक वर्ष ०७८/०७९ सम्म करिब रु १७ करोड खर्च गर्ने लक्ष्य लिइएको उक्त आयोजनामा हालसम्म करिब रु सात करोड ५० लाख खर्च भइसकेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश सरकारबाट रु पाँच करोड ५० लाख बजेट विनियोजन भएको छ । 

कालोपत्र हुने सडक सुनवल र रामग्राम नगरपालिकाअन्तर्गत पर्दछ । पूर्व–पश्चिम राजमार्गको सुनवलदेखि हुलाकी मार्ग भैरहवा परासी सडकखण्डअन्तर्गत रामग्राम नगरपालिकाको तोनवासम्म कालोपत्र हुने भएपछि स्थानीयवासीलाई सहज हुने अपेक्षा गरिएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता बताउनुहुन्छ । 

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सरावल गाउँपालिकाअन्तर्गत तिकलपुरको बासा बासही हुँदै गाउँपालिकाको प्रमुख प्रशासनिक भवनसम्म जोड्ने पहुँच मार्ग विस्तारको कार्य पनि जारी छ । बासा–तुल्सीनगर– तिलकपुर–खोखपुर–पटनी–भिमटाडी हुँदै करिब आठ किलोमिटर सडक कालोपत्र विस्तार गर्ने निर्माणाधीन आयोजनामा हालसम्म करिब रु चार करोड खर्च भएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश सरकारबाट रु चार करोड बजेट विनियोजन भएको छ । 

आगामी आव ०७८/०७९ सम्म आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिइए पनि यो योजनालाई भारतीय सिमाना जोड्ने गरी विस्तार गर्ने भावी योजना रहेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । सो योजनाबाट जिल्लाको ग्रामीण क्षेत्र सडक पहुँच विस्तारमा टेवा पुग्ने विश्वास लिइएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी बताउनुहुन्छ । 

प्रदेश नं ५ अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले पश्चिम नवलपरासीको हुलाकी मार्ग जोड्ने यी दुई वटा प्रमुख पहुँच मार्गको स्तरोन्नित कार्यलाई प्राथमिकता दिएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।