६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

च्याम्पियन्स ट्रफी आजदेखि, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

च्याम्पियन्स ट्रफी आजदेखि, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
अ+ अ-

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल आज समूह ‘ए’ को टोली पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ । खेल नेपाली समयानुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

पाकिस्तान डिफेन्डिङ च्याम्पियन हो भने सन् २००० मा न्युजिल्यान्डले उपाधि जितेको थियो । पाकिस्तानले प्रतियोगिताको इतिहासमा अहिलेसम्म न्युजिल्याण्डलाई हराउन सकेको छैन ।

अन्तिम पटक दुवै टोली एकदिवसीयमा यही महिनाको १४ तारिखमा आमनेसामने भएका थिए । जसमा न्युजिल्याण्डले त्रिकोणात्मक सिरिजको फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।

हेड टू हेड
च्याम्पियन्स ट्रफीमा पाकिस्तान र न्युजिल्याण्डको टोली ३ पटक भिडेका छन् । न्युजिल्याण्डले तीनवटै खेल जितेको छ । यसमा सन् २००० र २००९ को सेमिफाइनल पनि समावेश छ । दुवै टोली एकदिवसीयमा ११८ पटक आमनेसामने भएका छन् ।

जसमा पाकिस्तानले ६१ र न्युजिल्यान्डले ५३ खेल जितेका छन् । जबकि ३ खेलको नतिजा घोषणा हुन सकेको छैन भने एक खेल बराबरी भएको छ ।

न्यूजिल्याण्डका तिब्र गतिका बलर लोकी फर्गुसन खुट्टाको मांसपेशीमा तनावका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् । उनको स्थानमा काइल जेमिसनलाई मौका दिइएको छ ।

टोलिका फर्ममा रहेका खेलाडी
न्यूजिल्याण्डका पूर्व कप्तान केन विलियम्सन यस वर्ष एकदिवसीय क्रिकेटमा टिमका सर्वाधिक स्कोरर बनेका छन् । उनले ३ खेलमा २२५ रन बनाएका छन् । दोस्रो नम्बरमा डेरिल मिचेल छन् । उनले ६ खेलमा १८८ रन बनाएका छन् । बलिङमा फास्ट बलर म्याट हेनरी शीर्ष स्थानमा छन् । उनले यो वर्ष ५ खेलमा १४ विकेट लिएका छन् ।

पाकिस्तानका लागि यो वर्ष अलराउन्डर सलमान आगाले सर्वाधिक रन बनाएका छन् । उनले ३ खेलमा २१९ रन बनाएका छन् । यो खेलमा पनि टिमले उनीबाट अपेक्षा राख्नेछ । यस्तै, फास्ट बलर शाहिन शाह अफ्रिदी सर्वाधिक विकेट लिने खेलाडी हुन् । शाहिनले ३ खेलमा ६ विकेट लिएका छन् ।

कस्तो छ मैदान ?

कराँचीको नेशनल स्टेडियमको पिच ब्याटिङमैत्री छ । यो मैदानमा हाई स्कोरिङ खेलहरू सधैं देखिन्छन् । बलरहरूका लागि यहाँ खासै सहयोग मिल्दैन । खेल अगाडि बढ्दै जाँदा शीतले ठूलो प्रभाव पार्नेछ । यस्तो अवस्थामा टस जित्ने टोलीले पहिले फिल्डिङ गर्ने निर्णय लिन सक्छ ।

यहाँ अहिलेसम्म ५६ ओडीआई खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले २६ खेल जितेको छ भने दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले २८ खेल जितेको थियो । यहाँ उच्चतम स्कोर ३५५ रन रहेको छ जुन पाकिस्तानले यसै महिना दक्षिण अफ्रिका विरुद्ध बनाएको थियो ।

दुबै टोलीको सम्भावित प्लेइङ–११
पाकिस्तानः मोहम्मद रिजवान (कप्तान), बाबर आजम, फखर जमान, साउद शकील, सलमान आगा, तय्यब ताहिर, खुशदिल शाह, फहीम अशरफ, शाहीन शाह अफ्रिदी, नसीम शाह र अबरार अहमद ।

न्युजिल्याण्डः मिचेल सान्टनर (कप्तान), विल यंग, ​​डेभन कोनवे, केन विलियम्सन, डेरिल मिचेल, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, नाथन स्मिथ, जेकब डफी र विलियम ओरुर्के ।