६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जोखिम बढेपछि कारागारमा उच्च सतर्कता

जोखिम बढेपछि कारागारमा उच्च सतर्कता
अ+ अ-

दमौली । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ । दिनदिनै कारागारमा कैदीबन्दी थपिनेक्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो ।

विभिन्न मुद्दामा फरार रहेर पक्राउ परेका प्रतिवादीलाई जिल्ला कारागार तनहुँमा छुट्टै कोठाको व्यवस्था गरिएको छ । कोरोनाको जोखिम बढेपछि कारागार प्रशासनले त्यस्ता व्यक्तिलाई राख्नका लागि कारागारको नयाँ भवनमा दुई वटा कोठा तयार गरेको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

उहाँले पक्राउ परेका त्यस्ता व्यक्तिलाई अदालतमा पेश गरेपछि कारागार चलान गर्ने गरिएकाले जोखिम बढेको हुँदा छुट्टै कोठामा राख्न थालिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको छ । “पछिल्लो अवधिमा मात्रै ४०–४५ जना फरार प्रतिवादी कारागारमा आएका छन्”, कारागार प्रमुख अधिकारीले भन्नुभयो, “त्यस्ता व्यक्तिबाट कारागारमा कोरोना सङ्क्रमणको जोखिम बढ्ने खतरा भएपछि उनीहरुलाई कारागारका पुराना कैदीबन्दीसँग घुलमिल गराएका छैनाँै ।” 

अदालतबाट कारागार चलान भएका फरार प्रतिवादीको आरडिटी मात्रै गर्ने गरिएको छ । “एकैदिनमा पिसिआरको रिपोर्ट आउन सम्भव नभएकाले आरडिटीको रिपोर्टअनुसार उनीहरुलाई कारागारमा ल्याउने गरिएको छ”, उहाँले भन्नुभयो, “त्यस्ता व्यक्तिलाई १० दिनसम्म छुट्टै राखेर मात्रै अरु कैदीबन्दी भएको ठाउँमा व्यवस्थापन गर्छौं ।” कारागार प्रशासनले गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्णरुपमा बन्द गरेको छ । बाहिरको व्यक्तिलाई पनि कैदीबन्दीसँग भेटघाट गर्न कडाइ गरिएको छ । सबै कैदीबन्दीलाई साबुनपानीले हात धुन, मास्क र स्यानीटाइजर प्रयोग गर्न सचेतना प्रदान गरिएको छ । “बाहिरबाट आउने सामानलाई पनि २४ घण्टा राखेर मात्रै दिने गरिएको छ”, उहाँले भन्नुभयो, “कोरोनाको जोखिम न्यूनीकरणका लागि सबै उपाय अपनाएका छौँ ।”

कारागारमा हाल १९१ कैदीबन्दी छन् । त्यसमध्ये ६० जना थुनुवा र १३१ जना कैदी छन् । जिल्ला कारागारमा हालै मात्र नयाँ भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवनको क्षमता ८० जनाको भए पनि ८३ जना कैदीबन्दी राखिएको छ भने ३५ जनाको क्षमता रहेको पुरानो भवनमा १०८ जना राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारका कैदीबन्दीलाई विगतदेखि नै समस्या हुँदै आइरहेको छ ।