८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कबड्डी टोली बंगलादेश प्रस्थान



अ+ अ-

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष कबड्डी टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । फेब्रुअरी १८ देखि २८ तारिखसम्म हुने बंगलादेश विरुद्ध ५ खेलको श्रृंखला खेल्न १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बंगलादेश गएको हो ।

खेलाडीमा प्रमोदकुमार श्रेष्ठ, घनश्याम रोका मगर, सुशिल चुनारा, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, रविन कुँवर, सतिशकुमार कुर्मी, सुरज बोहरा, सोहेल इस्लाम, सविन बोहाजु, रामु टमाटा, गणेश पार्की र भुवन बोहरा रहेका छन् ।

प्रशिक्षकमा लोकबहादुर विष्ट, व्यवस्थापकमा खेमराज चम्लागाईं तथा अफिसियलमा निराजन श्रेष्ठ र नवराज श्रेष्ठ छन् । टोलीलाई सफलतको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

उक्त बिदाइ कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले मिसन–२०२६ को तयारीका लागि आफूभन्दा बलिया टोलीहरूसँग धेरैभन्दा धेरै अभ्यास खेल्न राख्न संघलाई सुझाएका छन् । सदस्यसचिव घिसिङले जसरी पनि मिसन– २०२६ को एसियन गेम्समा पदक ल्याउन यो अभ्यास खेल महत्वपूर्ण पाइला हुन सक्ने धारणा व्यक्त गरे । नेपालको पुरुष कबड्डी टोलीले ल्याएको अन्तर्राष्ट्रिय सफलताका आधारमा मिसन २०२६ मा समावेश गरिएको बताए ।