१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

प्रकृति लम्साल प्रकरणः एक जना पक्राउ, थप अनुसन्धान जारी-भिडियो सहित

प्रकृति लम्साल प्रकरणः एक जना पक्राउ, थप अनुसन्धान जारी-भिडियो सहित
अ अ+ अ-

काठमाडौं ।  भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्यययनरत नेपाली विद्यार्थी मृत्यु भएको घटनामा सरकारले कुटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएको छ ।

सोमवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । उक्त विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । उनको मृत्युलाई लिएर नेपाली विद्यार्थीले निष्पक्ष छानबिनको माग गर्दै बिरोध प्रदर्शन गरेका थिए । बिरोधपछि नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको थियो । सोही घटनाक्रमलाई लिएर सरकारले बिहानैदेखि पहल गरिरहेको र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर अध्ययन गराउने पहल भएको परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले बताउनु भयो ।

उहाँले सरकारको तर्फबाट मृतक लम्सालको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । उक्त इन्स्टिच्युटमा विकसित घटनाक्रम र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको जानकारी प्राप्त हुनासाथ भारतको नयाँ दिल्लीस्थित नेपाल्ी राजदुतावासले उक्त शैक्षिक संस्थाका रजिस्टार लगायत प्रतिनिधिहरुसँग छलफल गरी समस्या समाधानको पहल गरेको बताउनु भयो । नेपाली दुतावासले मित्रराष्ट्र भारतको केन्द्र सरकार एवं उडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायहरुसँग निरन्तर सम्पर्क र समन्वय गरेको र सम्बन्धित सबै निकायहरुको महत्वपूर्ण सहयोगमा उक्त समस्याको समाधान खोजिएको बताउनु भयो । शैक्षिक संस्थाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा नै बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको र मृतक प्रकृति लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारतको उडिसास्थित कालिंका इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको निधनको खबरले हामी दुखित भएका छौँ । मृतक प्रकृति लम्सालको आत्माको चीर शान्तिको कामना गर्दछौँ । शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ । उक्त इन्स्टिच्युटमा विकसित घटनाक्रम र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको जानकारी प्राप्त हुनासाथ भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावासले उक्त शैक्षिक संस्थाका रजिस्टार लगायत प्रतिनिधिहरुसँग छलफल गरी समस्या समाधानको पहल गरेको थियो । साथै नेपाली दुतावासले मित्रराष्ट्र भारतको केन्द्र सरकार एवं उडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायहरुसँग निरन्तर सम्पर्क र समन्वय गरेको थियो । सम्बन्धित सबै निकायहरुको महत्वपूर्ण सहयोगमा उक्त समस्याको समाधान खोजिएको छ । उक्त शैक्षिक संस्थाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा नै बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको छ । साथै मृतक प्रकृति लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । यस विषयमा स्वतन्त्र र निष्पक्ष छानविन हुनेछ र दोषीहरुमाथि कारबाही हुनेछ । सो शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर कुटनीतिक पहल गरिरहेको छ र गर्नेछ । भोलि नेपाली राजदुतावास नयाँ दिल्लीबाट प्रतिनिधिहरु उडिसास्थित उक्त शैक्षिक संस्थामा गइ सम्बिन्धत सबै निकायहरुसँग थप समन्वय गर्नुहुनेछ ।’

उहाँले स्वतन्त्र र निष्पक्ष छानविन हुने र दोषीहरुमाथि कारबाही हुने विश्वास मन्त्रालयको रहेको पनि बताउनु भयो । शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर कुटनीतिक पहल गरिरहेको र मंगलवार नेपाली राजदुतावास नयाँ दिल्लीबाट प्रतिनिधिहरु उडिसास्थित उक्त शैक्षिक संस्थामा गइ सम्बिन्धत सबै निकायहरुसँग थप समन्वय गर्ने जानकारी दिनुभयो । —न्युज एजेन्सी नेपाल