काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ट्रफि सार्वजनिक गरिएको हो । प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज किर्गिस्तानसँग खेल्नेछ । यो खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुनेछ ।
यसअघि आजै म्यान्मार र लेबनानबीच दिउँसो २ बजे खेल हुनेछ ।











