६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘डाइक्लोफेनेक’को प्रतिबन्धसँगै गिद्धको सङ्ख्यामा वृद्धि

‘डाइक्लोफेनेक’को प्रतिबन्धसँगै गिद्धको सङ्ख्यामा वृद्धि
अ+ अ-

काठमाडौँ । बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस आज नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस साताभर गिद्धको महत्व र संरक्षणमा सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर यो दिवस मनाउने गरिन्छ ।
 
यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको भए पनि २००९ बाट मात्र अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो । यस वर्ष कोभिड–१९ को महामारीलाई दृष्टिगत गरी नेपालमा पनि आम सञ्चार माध्यम तथा भर्चुअलमार्फत सीमित कार्यक्रम गरिएको छ ।
 
नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये पाँच प्रजातिका गिद्ध नेपालबाट मात्रै नभएर विश्वबाट नै लोप हुने खतरामा छन् । नेपालमा सेतो, हिमाली, हाडफोर, राज, खैरो, डँगर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध पाइन्छन् । तीमध्ये डँगर, सानो खैरो, सुन र लामो ठुँडे गिद्ध अतिसङ्कटापन्न सूचीमा छन् ।
 
नेपाललगायत दक्षिण एसियामा गिद्धको सङ्ख्यामा कमी आउनुका प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधि डाइक्लोफेनेक हो । सो औषधि प्रयोग गरेका पशुको सिनो खाँदा गिद्धको मिर्गौला फेल भई ठूलो सङ्ख्यामा कमी आएको थियो ।  
 
गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ साल जेठ २३ गतेदेखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिबन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग शुरु गरेको छ । त्यसयता गिद्धको सङ्ख्यामा कमी आउने क्रम रोकिएको र वृद्धि उन्मुख रहेको राष्ट्रिय निकुञ्ज तथा वन्जयन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
 
नेपाल, भारत र बङ्लादेशलगायत मुलुकमा पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधिको प्रयोगको अवस्था कस्तो छ भन्ने बारेमा हालै एक अन्तर्राष्ट्रिय जर्नलमा लेख पनि प्रकाशित भएको छ । सन् २०१२ देखि २०१७ सम्म अध्ययन गरी प्रकाशित यस लेखमा नेपालमा गिद्धलाई सुरक्षित ठानिएको मेलोक्सियमको प्रयोग करीब ९० प्रतिशत छ भने हानिकारक डाइक्लोफेनेकको प्रयोग शून्य पाइएको उक्त लेखका सहलेखक तथा गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिनुभयो ।
 
प्रदूषण नियन्त्रणको सारथी गिद्ध
 
गिद्ध आफैँले सिकार नगरी केवल मरेका प्राणीको सिनोमात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण छ । एक तथ्याङ्कअनुसार एउटा गिद्धले औसत एक वर्षमा कम्तीमा १२० किग्रा सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्दछ ।
 
सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको सङ्ख्यामा हुने वृद्धिलाई समेत न्यूनीकरण गर्ने विज्ञको भनाइ छ । यसको परिणाम मानिसमा रेबिज, प्लेग, हैजा, आउँ र पखालाको महामारी तथा पशुचौपायामा हुने एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगको महामारीबाट बच्नसमेत मद्दत पुग्ने नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृतसमेत रहनुभएका भुसालले बताउनुभयो ।
 
पारिस्थितिकीय प्रणाली सन्तुलनमा गिद्धको भूमिका महत्वपूर्ण छ । गिद्ध आफ्नो आहारा खोजीका लागि सयौँ किलोमिटर क्षेत्रसम्म उड्ने गर्छ । गिद्धलाई प्रकृतिको कुचिकार भनिन्छ ।
      
गिद्ध संरक्षणका चुनौती
                          
सङ्घले गरेको स्थलगत अध्ययनअनुसार सन् २००२ देखि २०११ सम्म गिद्धको सङ्ख्या ९१ प्रतिशतले घटेको देखिए पनि पछिल्लो समयमा गिद्धको सङ्ख्या ह्रास दरमा कमी आई वृद्धिउन्मुख रहेको छ । आहारा र बासस्थानमा आएको कमीलगायत कारण अझै पनि गिद्ध संरक्षणमैत्री वातावरण बन्न नसक्दा संरक्षणमा चुनौती छ । आहारको खोजीमा टाढाटाढासम्म यात्रा गर्ने गिद्ध संरक्षणका लागि एक देशले मात्र काम गरेर सुनिश्चित नहुने भएकाले यसमा अन्तरदेशीय सहकार्यको समेत खाँचो रहेको छ । 
 
आज बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा सङ्घले नेपालमा पाइने नौ प्रजातिका गिद्धका विभिन्न चरण र अवस्थाका फोटोहरु सङ्कलित फोटो पुस्तक सार्वजनिक गरेको छ । यसले गिद्धको पहिचान र संरक्षण सचेतना प्रवाहमा महत्वपूर्ण टेवा पु¥याउने सङ्घको अपेक्षा छ ।