६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

निर्णय सच्याउन देउवालाई पौडेल समूहको अल्टिमेटम, सामूहिक राजीनामादेखि अनसनको चेतावनी

निर्णय सच्याउन देउवालाई पौडेल समूहको अल्टिमेटम, सामूहिक राजीनामादेखि अनसनको चेतावनी
अ+ अ-

काठमाडौं । बिभिन्न गुटमा सक्रिय रहेको नेपाली काँग्रेसको संस्थापन इतर समूह एकै ठाउमा उभिएर सभापति शेरबहादुर देउवा बिरुद्ध एक भएका छन् । शनिबार भएको भर्चुअल छलफलमा सहभागि पार्टीका नेताहरुले  सभापति देउवाद्वारा पार्टी विधान विपरीत गरिएका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने  निर्णय  गरेका छन् । 

महाधिबेशन केन्द्रित रहेर सभापति देउबाले गरेका  निर्णयहरु फिर्ता गराउन चरणबद्ध दबाब दिने  सहमति सस्थापन इतर समुहले निष्कर्ष निकालको छ ।  शनिबार भएको भर्चुअल बैठकले सभापति देउवाद्वारा पार्टी विधान विपरीत गरिएका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको हो ।  

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायत नेता सहभागी थिए । 

केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवन परियार र बद्रि पाण्डे सम्मिलित समितिले विभाग गठन, क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थपबारेमा केन्द्रित रहेर  प्रतिवेदन तयार गरेको थियो । सभापति देउबाले एकपक्षिय रुपमा ४७ वटा विभाग मध्ये २० वटा विभाग गठन गरिसक्नुभएको छ भने नौ वटा भातृ संस्थाको समय थप गर्नुभएको छ । 

यसैगरी महाधिबेशनलाई प्रभाबित गर्ने गरी एकपक्षिय रुपमा क्रियाशिल सदस्यता बितरण गरेको आरोप पनि सस्थापन ईतर पक्षले आरोप लगाएको छ । शनिबारको छलफलले  केन्द्रीय पदािधकारी, सदस्य, सांसद, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थासँग अन्तर्क्रिया गर्ने, पत्रकार सम्मेलन गर्ने, जिल्ला तथा केन्द्रीय कार्यालयमा धर्ना दिने दिने, जिल्ला तथा केन्द्रीय कार्यलयमा रिले र अन्तिममा आमरण अनशन बस्ने लगायतका कार्यक्रम तय  गरेको छ । 

देउवाले दवाब महशुस नगरे मनोनित केन्द्रीय सदस्यले सामूहिक राजीनामा पनि दिने भन्ने बारेमा पनि छलफल भएको  केन्द्रीय सदस्य धनराज गुरुङले  जानकारी दिनुभयो