२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षाको पासोको जोखिममा पर्ने निश्चित: डोलप्रसाद अर्याल



अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सासंद तथा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले अबको २० वर्षमा हाम्रो मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्ने निश्चित जस्तै भएको बताउनु भएको छ ।

प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै अर्यालले नगद हस्तान्तरणमा आधारित सामाजिक संरक्षणलाई समयमै योगदानमा आधारित सकिएन भने अबको २० वर्षमा हाम्रो मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्ने निश्चित जस्तै भएको बताउनु भयो ।

उहाँले भन्नुभयो -बजेटको ठूलो हिस्सा यस्तै भत्ताहरूमा जान्छ, चालु बजेटमै पनि झण्डै १५ प्रतिशत पुगेको छ।यसबारे हामीले सोचेका छौँ कि छैनौँ ? के यसले काम गर्ने नयाँ पुस्तालाई उत्प्रेरित गरिरहेको छ त?

सासंद अर्यालले भन्नुभयो- न्यूनतम पारिश्रमिक र प्रभावकारी सामाजिक सुरक्षाको अभावमा लाखौं युवाशक्ति विदेशिन बाध्य छन्।२०७४ सालमा बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन गर्न सकेको भए, लाखौं नागरिकलाई सुनिश्चित स्वास्थ्य सेवा र सुरक्षित भविष्यको प्रत्याभूति दिन सकिन्थ्यो।

उहाँले भन्नुभयो -सामाजिक सुरक्षा कोषको आबद्धता स्वेच्छिक हुन सक्दैन, यो अनिवार्य मात्र नभई अपरिहार्य छ।अब सरकारी कर्मचारी र शिक्षकलाई पनि अनिवार्य रूपमा एसएसएफमा आबद्ध गरिनुपर्छ। साथै, निजी क्षेत्रका प्रतिष्ठानहरूलाई कोषको आबद्धताका आधारमा कर छुट र नवीकरण गर्ने व्यवस्था गर्न म सरकारको ध्यानाकर्षण गराउँदछु ।