काठमाडौं । डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ। चन्द्रगिरि नगरपालिका-३ थानकोटमा बाटो काट्न लागेको व्यक्तिलाई बचाउन खोज्दा ट्याङ्कर दुर्घटनामा परेको हो ।
रक्सौलबाट थानकोटको डिपोमा अनलोड गर्न ल्याइएको ना७ख ७३९ नम्बरको ट्याङ्कर आइतबार बिहान पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका सचिव वादल लामाले बताए।
दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने चालक सुरेश विक पनि सकुसल छन्। दुर्घटना हुँदा चार हजार लिटर डिजेल पोखिएको छ।











