१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आज देशभरी ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन । १० हजार ३ सय ८२ पीसीआर परीक्षण भएकोमा महिला २ सय ९० र ६ सय ९० जना पुरुषमा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा २ सय ९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा संक्रमण देखिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार ३ सय ४५ नमुना परीक्षण भएकोमा ४६ हजार २ सय ५७ जनामा संक्रमण देखिएको छ । 

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । प्रदेश नम्बर १ मा ८ सय ७१, प्रदेश नम्बर २ मा ५ सय २८, बागमती प्रदेशमा ४ हजार ८ सय ७७ र गण्डकी प्रदेशमा ७ सय ८७ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ११, कर्णाली प्रदेशमा ३ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ५० गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार २ सय १ जना संक्रमित संस्थात आइसोलेसनमा उपचाररत रहेका छन । 

प्रदेश नम्बर २ मा ३ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ सय जना संक्रमित होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ७८, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा१ सय २६ गरी देशभरी ७ हजार ८ सय २६ संक्रमित होम आइसोलेसनमा रहेका छन । 

आइसियुमा प्रदेश नम्बर १ मा ९, प्रदेश नम्बर २ मा २८, बागमती प्रदेशमा १ सय ९, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णाली प्रदेशमा ३ जना गरी देशभरी १ सय ७४ जना उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा प्रदेश नम्बर १ मा ३, प्रदेश नम्बर २ मा २१ र प्रदेश नम्बर ५ मा ३ गरी देशभरी २७ जना संक्रमित उपचाररत रहेका छन । 

आज १ हजार ८ सय १४ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा २ हजार ४ सय ५८, प्रदेश नम्बर २ मा ८ हजार १ सय २७, बागमती प्रदेशमा ३ हजार ६ सय ५९ र गण्डकी प्रदेशमा १ हजार ८ सय ५ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ३ सय ५५, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी देशभरी आजसम्म २८ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन । 

सरकारले विर अस्तपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । अब विर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध हुनेछन । यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उहाँले बताउनुभो । त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । प्रवक्ता डा. गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो ।




भर्खरै