काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला दुई हजार तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यससँगै, आज छापावाल सुन प्रतितोलाम एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार नौ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।










