९ श्रावण २०८३, शनिबार
,
Latest
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउन माग



अ+ अ-

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विगतमा भएका ठूला ठूला भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग बनाउन माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले विगतका सबै अनियमितता र भ्रष्टाचारको छानबिनका लागि सबै तयार हुनुपर्ने बताए।

सांसद शर्माले वैदेशिक रोजगारीमा रहेका र विप्रेषण पठाएर देशलाई सहयोग गर्नेको समस्या समाधानका लागि सरकारले विशेष सम्बोधन गर्नुपर्ने उल्लेख गरे।

मुलुकभित्रै रोजगारी सिर्जना गर्नेतर्फ कोही कसैको सोच नभएको स्पष्ट पार्दै उनले बाँझो जमिनलाई हराभरा बनाउने अभियान सञ्चालन गर्नुपर्ने र सोही दिशामा बहस हुनुपर्ने तर्क गरे।

राष्ट्रिय गौरवका आयोजना लामो समयसम्म पनि पूरा नहुने अवस्थाको अन्त्यका लागि संसदभित्र बहस हुनुपर्ने भए पनि अन्य विषयमा केन्द्रीत रहेको उनको भनाइ छ। संघीयता कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा भइरहेको ढिलाइप्रति पनि उनले प्रश्न उठाए। सांसद शर्माले शान्ति प्रक्रियाको काममा भइरहेको ढिलाइप्रति पनि आपत्ति प्रकट गरे।

रत्न श्रेष्ठ/रासस