२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनयुद्ध दिवसको अवसर’ भन्दै सार्वजनिक बिदाविरुद्ध सर्वोच्चमा रिट दर्ता



अ+ अ-

रुकुम पश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी फागुन १ गते ‘जनयुद्ध दिवसको अवसर’ भन्दै सार्वजनिक बिदा दिएको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

गाउँपालिका विरुद्ध रिट लिएर द्वन्द्वपीडित चन्द्रशेखर केसी सर्वोच्च अदालत पुगेका हुन्। रिटको पेशी माघ ३० गते तोकिएको केसीले जानकारी दिए। बाँफिकोट गाउँपालिकाले माघ २८ गते फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना जारी गरेको थियो।

‘जनयुद्ध दिवसको अवसर’ भन्दै दिइएको यो बिदा सर्वाेच्च अदालतको २०७२ भदौ ९ गते, २०८० पुस १३  गते र २०८१ मंसीर २६ गतेको संवैधानिक इजलासको आदेश विपरीत रहेकाले रिटमा उक्त निर्णय बदर गर्न माग गरिएको छ। सर्वाेच्च अदालतले गत वर्ष  नेपाल सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा दिएको सार्वजनिक बिदा बदर गरेको थियो।

माओवादीको दशक लामो द्वन्द्वलाई संविधानले ‘सशस्त्र संघर्ष’ वा ‘सशस्त्र द्वन्द्व’ भनेर मात्र चिनेको रिटमा उल्लेख छ।