६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो

हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो
अ+ अ-

काठमाडौं । कोभिड–१९ महामारीका कारण  आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् ।

महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म बन्दाबन्दी र त्यसयता भदौ २४ सम्म राजधानी काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा निशेषाज्ञा जारी गरिएको छ । सोहीकारण झण्डै छ महिनादेखि पर्यटन तथा हवाई क्षेत्र सुनसान प्रायः छ । वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीले छ महिनाको अवधिमा रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको बताउनुभयो । उहाँका अनुसार ठूला वायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स तथा विभिन्न १० कम्पनीका हेलिकोप्टरको व्यवसायको मोटामोटी नोक्सानीको विवरण हो । आर्थिक नोक्सानीसँगै व्यवसायसँग जोडिएका कर्मचारी मजदूरलगायतको पीडा उत्तिकै छ ।

सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले रु २५ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन गरिएको छ । प्रवक्ता शर्माले बन्दाबन्दीको छ महिनाको अवधिमा बुद्धएयरले मात्रै करिब रु चार अर्ब नोक्सानी बेहोरेको छ । यती एयरलाइन्सको रु तीन अर्ब ६० करोड नोक्सानी भएको छ । श्री एयरलाइन्सको पनि झण्डै रु तीन अर्ब आर्थिक नोक्सानी भएको छ ।

यो बन्दाबन्दी र निषेधाज्ञा अवधिको अनुमानित विवरण हो । हेलिकप्टर कम्पनीको व्यापार घाटा छुट्टै छ । अब, दैनिक कति व्यापार गर्थे त वायुसेवा कम्पनीले यसबाट पनि सहजै आर्थिक नोक्सानीको अनुमान लगाउन सकिन्छ । देशकै अग्रणी वायुसेवा कम्पनी बुद्धएयरले सामान्य अवस्थामा दैनिक करिब १०० उडानमार्फत छ हजार हाराहारी यात्रुलाई ओहोरदोहोर गराउथ्यो । दैनिक ७० वटासम्म उडान भर्ने अर्को प्रतिस्पर्धी यती एयरलाइन्सले चार हजारभन्दा बढी यात्रु व्यवस्थापन गर्ने गरेको थियो । धेरै उडान गर्नेमध्येको तेस्रो श्रीएयरलाइन्सले पनि दैनिक ४० हाराहारीमा उडान भर्ने गरेको थियो ।

वायुसेवा कम्पनीको भनाइमा सङ्घको आँकडाभन्दा आर्थिक नोक्सानी केही तलमाथि हुनजान्छ । उसोभए एयरलाइन्सको भनाइमा चाँही कति नोक्सानी भयो त ? बुद्धएयरका बजार निर्देशक रुपेश जोशीका अनुसार कम्पनीले सामान्य अवस्थामा रु ६० देखि ७० करोड आम्दानी ग¥यो । तर, इन्धनमा ४० प्रतिशत कटाउँदा उसले मासिक रु १५ करोड सहजै आम्दानी गर्नेगरेको थियो । छ महिनाको इन्धनबाहेकको मात्रै हिसाब गर्दा रु एक अर्बभन्दा बढी घाटा हुन्छ ।

बुद्धएयरले ११ एटिआरसहित १३ जहाजमार्फत विभिन्न १३ गन्तव्यमा आन्तरिक उडान गरिरहेको छ । यता निजी क्षेत्रको प्रतिस्पर्धी अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले छ महिनाको अवधिमा डेढ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । एयरलाइन्सको हवाई सुरक्षा विभागका प्रमुखसमेत रहनुभएका प्रवक्ता सुदर्शन बर्तौलाले बन्दाबन्दीको अवधिमा यतीले डेढ अर्ब भन्दा बढी र यतीकै भगिनी संस्था तारा एयरले रु ५० करोड हाराहारी आर्थिक नोक्सानी बेहोरेको बताउनुभयो । यतीले हाल पाँच एटीआर र पाँच जेट स्ट्रिमसहित १० जहाजमार्फत उडान भर्दै आएको छ । 

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले बन्दाबन्दीको अवधिमा ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको बताउनुभयो । यो कम्पनीसँग आन्तरिक उडानका लागि सिआरजे र ‘ड्यास एट’ गरी छ जहाज छन् । सौर्य, सीता, सिम्रिक, समिटलगायत एयरलाइन्सले बन्दाबन्दीमा धेरै घाटा बेहोर्नुपरेको छ ।

विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० हाराहारी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । 

हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका प्रवक्ता शर्माका अनुसार सिजनमा हेली एभरेष्टले मात्रै दैनिक २० देखि २५ हजार अमेरिकी डलर कमाई गर्ने गरेको थियो । बढी उडान गर्ने सिम्रिक एयरको हेलिकप्टर र शैलाश हेलिकप्टरले सर्वाधिक उडान गर्थे । यी दुवै कम्पनीसँग समान छ वटा हेलिकप्टर छन् । उनीहरुले दैनिक ४० हजार डलरसम्म व्यापार गर्ने गरेका थिए । सिजनमा कैलाश मानसरोबरमा मात्रै रु ५० करोडभन्दा बढीको व्यापार हुन्थ्यो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनञ्जय रेग्मीले बन्दाबन्दीको अवधिमै पर्यटन तथा हवाई क्षेत्रले रु ३७ अर्ब भन्दा बढी आर्थिक नोक्सानी बेहोरेको बताउनुभयो । बोर्डले हालै गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा रु ४१ अर्ब नोक्सानी बेहोर्ने अनुमान गरेको थियो । यो चैत ११ देखि साउनमहिनासम्मको विवरण हो ।

डेढ खर्बको लगानी जोखिममा

कोभिड–१९ का कारण नेपालको पर्यटन क्षेत्रका डेढ खर्बभन्दा बढी लगानी जोखिममा परेको बताइन्छ । बोर्डले तयार गरेको कोभिडपछिको पर्यटन क्षेत्रको असरसम्बन्धी अध्ययनअनुसार वैद्यरुपमा सञ्चालन भएका पर्यटन क्षेत्रमा रु एक खर्ब ५३ अर्बको लगानी छ । यो निजी क्षेत्रको मात्रै लगानी हो । यस्तो लगानी पर्यटन क्षेत्रका होटल, एयरलाइन्स, रेष्टुराँदेखि पदयात्रा पर्वतारोहण, जलयात्रालगायत छन् । कोभिडको मख्य प्रभव पर्यटन क्षेत्रमा परेको छ । यो क्षेत्रमा दुई लाख ७३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । 
    
संयुक्त राष्ट्र सङ्घ, विश्व पर्यटन सङ्घले नेपालको पर्यटन क्षेत्रमा १० लाखभन्दा बढीले रोजगारी पाएको उल्लेख गरेको छ । त्यस्तै सरकारी तथ्याङ्कले पनि पर्यटन क्षेत्रमा छ लाख हाराहारीले रोजगारी पाएको विवरण छ । तथापि बोर्डले हालै गरेको द्रुत अध्ययनबाट झण्डै तीन लाखले पर्यटनमा प्रत्यक्षरुपमा रोजगारी पाएको उल्लेख गरेको छ । सरकारले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनःरुत्थानका लागि चालू आवको बजेटमा रु एक खर्बको पुनःरुत्थान कर्जाका साथै रु ५० अर्बको पुनःरुत्थान कोषको व्यवस्था गरेको छ ।