६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राख्नु न उखेल्नु भयो इलामको चिया

राख्नु न उखेल्नु भयो इलामको चिया
अ+ अ-

मङ्गलबारे । “राख्नु न उखेल्नु भयो अहिले आएर यो चिया पनि” तीन वर्ष अघिदेखिको चियाको मूल्य पाउन नसकेको स्मरण गर्दै इलाम नगरपालिका– २ सुम्बेकका चिया किसान मात्रिका खतिवडाले भन्नुभयो । “फालौँ भने लोभलाग्दो गरी पलाइरहेको छ, राखौँ भने वर्षेनी भाउ घट्दै जान्छ, यो चिया खेतीले अब त गुजारा चल्नै गाह्रो हुने भयो” उहाँ भन्नुहुन्छ । 
   
बजारमा वर्षेनी हरेक बस्तुको मूल्य वृद्धि भइरहेको छ तर त्यसैगरी अरु उत्पादनजस्तै वर्षेनी भाउ बढ्नुपर्ने हरियो चियापत्तिको मूल्य भने घट्दै गएको छ । किसान खतिवडा मात्र हैन चिया क्षेत्रमा संलग्न किसान प्रायः यही चिन्ता व्यक्त गर्ने गरेका छन् । उचित मूल्य नपाएको भन्दै यहाँका चिया किसान वर्षेनी आन्दोलित हुने गर्दछन् । यस वर्ष पनि उनीहरुले यसका लागि आवाज उठाइरहेका छन् ।  

वर्षा लागेसँगै चियाको उत्पादन वृद्धि हुन्छ । उत्पादन वृद्धि भएपछि चिया उद्योगले मूल्य घटाउँछन् अनी किसान गुहार माग्दै स्थानीय तह र प्रशासनसमक्ष पुग्ने गरेका छन् । प्रशासनले समस्या समाधानमा चासो नदिए कहिले सडकमा चिया फालेर विरोध जनाउँछन् त कहिले चिया उद्योग र स्थानीय तह घेराउ गर्छन् । यसवर्ष पनि उनीहरुले प्रशासनमा जानकारीसहित स्थानीय तहलाई घच्घच्याइ रहेका छन् ।  

किसानरु पहिलो चरणको कार्यक्रम भन्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई यसबारेमा ध्यानाकर्षण गराइरहेका छन् । उनीहरुले विज्ञप्ति प्रकशन गरेर आफ्नो अवस्थाको बारेमा जानकारी गराइरहेका छन् । यस वर्षसमेत तोकिएको न्यूनतम मूल्य चिया उद्योगले नदिएको भन्दै इलामका चिया किसान आन्दोलित भएका हुन् । उद्योगीले हरियो चियापत्तिको मूल्य उचित नदिएको भन्दै आन्दोलित किसानहरु हाल न्यूनतम मूल्य कायम गराउन माग गर्दै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराउँदै आएका छन् । 

उनीहरुले पहिले गरिएको सम्झौता कार्यान्वयन गराउन माग गर्दै प्रशासन गुहार्न थालेका हुन् । वर्षेनी तयारी चियाको मूल्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढिरहे पनि किसानहरुको हरियो चियाको मूल्य भने वर्षेनी घटिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोनामा छिरीङ काजीको नेतृत्वमा सङ्गठित भएका किसानले आफ्नो हरियो चिया उद्योग फिर्ता गराउन माग गरिरहेका छन् । उद्योगीले विभिन्न बहाना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्योगले हरियोपत्तिमा लागत नै नउठ्ने खालको मूल्य कायम गरेपछि किसान आन्दोलनमा उत्रिएका हुन् । किसानले उत्पादन गरेको हरियोपत्तिको मूल्य सधैँ उद्योगीले निर्धारण गरिदिने भएकाले आफूहरू मारमा परेको किसानको भनाई छ । उद्योगमा हरियोपत्ति बेच्न नपाए आफूहरूको वर्षभरिको आम्दानी गुम्ने भएकाले किसान पनि उद्योगीले तोकेकै मूल्यमा आफ्नो उत्पादन बेच्न बाध्य छन् ।

सूर्योदय नगरपालिकाले तोकेको हरियोपत्तिको न्यूनतम समर्थन मूल्यसमेत उद्योगीले उल्लङ्घन गरेपछि किसान आन्दोलित बन्न पुगेका हुन् । “आफ्नो पेसा यतिबेला निल्नु न ओकल्नु झैँ भएको छ” चिया किसान आन्दोलन समितिका संयोजक काजीले भन्नुभयो । पहिलो चरणमा जानकारी गराउने र त्यसपछि आन्दोलनका अन्य कार्यक्रम सार्वजनिक गरिने उनीहरुको भनाइ छ । 

महामारीको डर त्रासबीच चिया टिपेर उचित मूल्यमा बेच्न नपाएपछि चिया किसान समस्यै समस्यामा छन् । चिया नटिपौँ बोटमै झ्याङ्गिने डर, टिपौँ मूल्य नपाउने पीर । कोभिड–१९ को महामारीपछि तीन महिनासम्म लामो लकडाउनले चिया किसानलाई मुख्य समस्या बनाएको उनीहरुको भनाई छ । गुणस्तरको हिसाबले निकै अब्बल मानिने ‘फस्ट फ्लस’ ९पहिलो टिपाइ० चियाकै उचित मूल्य किसानले अहिलेसम्म पाएका छैनन् । कोरोना महामारी र लकडाउनले किसानलाई न्यूनतम मूल्य प्रतिकिलो रु ४० देखि ४५ पनि दिन नसकेको उद्योगीले जनाउँदै आएका छन् । उद्योगीले फस्ट फ्लस चियाको मूल्य यतिखेर प्रतिकिलो रु २० देखि ३० दिन थालेपछि किसान आन्दोलनमा उत्रिन बाध्य भएका छन् । दुःखले चिया टिपेर उद्योगमा पु¥याउने किसानले चियाको न्यूनतम मूल्य अझै पाएका छैनन् भने कतिपय कारखानाले लकडाउनको समयमा चिया नै फर्काइदिने गरेको गुनाको किसानहरुको छ । 

चियाको फस्ट फ्लस गुमाएका किसान उचित मूल्य पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । एकातिर टिपेको चिया बिकेन, मूल्य पाएनौँ भन्ने किसानको गुनासो छ भने अर्कोतर्फ महामारकिो रुपमा फैलिएको कोरोना भाइरस र तिन महिनासम्म लामो बन्दाबन्दीले गर्दा उद्योगले किसानले तोकेबमोजिम फस्ट फ्लसको मूल्य दिन नसकेको उद्योगीको भनाइ छ । बन्दाबन्दीका कारण समयमा उद्योग सञ्चालन गर्न नपाउँदा समस्या परेको उद्योगीको गुनासो छ । विगतदेखि नै चिया क्षेत्रमा समस्या देखिइरहेको छ । तर समस्या समाधानमा सरकारले समेत चासो नदिएको उनीहरुको भनाई छ । 

भारत परस्त बजार रहेको नेपालको चियामा बारम्बार समस्या आइरहन्छ । यता जिल्ला प्रशासनको पहलमा भएको त्रिपक्षीय उद्योगी, किसानसँग भएको त्रिपक्षीय बैठकबाट भएको निर्णयको कार्यान्वयन उद्योगीले नगरेको किसानले आरोप लगाएका छन् । यसैक्रममा किसानले आफूहरुको मागको सुनुवाइ गराइदिन भन्दै किसानका प्रतिनिधले पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा सात बुँदे माग राखेर ध्यानकर्षण पत्र बुझाएका छन् । 

कारखानाले किसानले बिक्री गरेको उचित मूल्य दिन नसके चियापत्ति  फिर्ता गर्न आग्रह गरेका छन् । प्राङ्गारिक तथा रासायनिक मलको अभाव भएकाले यसको तत्काल व्यव्स्था गर्नुपर्ने, किसानको मागको सम्बोधन हुनेगरी समस्या समाधानको लागि त्रिपक्षीय वार्ताको पहल जहाँबाट भए पनि आफूहरुको उपस्थिति रहने सोनाम छिरीङ काजीद्धारा जारी पत्रमा उल्लेख गरीएको छ । चियाको समस्या चुलिएको धेरै समय भइसक्दा पनि सरोकारवाला निकाय, स्थानीय सरकार समस्या समाधानका लागि कुनै पहल नगरेको भन्दै किसानले आपत्ति जनाएका छन् । 

जिल्लाको सूर्योदय नगरपालिकाले किसान र उद्योगीसँगको छलफलपछि न्यूनतम समर्थन मुल्य प्रतिकिलो रु ४० तोकेको छ । तर सो रकम नपाउँदा किसान चियाबाट निराश भएका हुन् । एक किलो चिया उत्पादन गर्न रु साढे ३७ पर्ने गरेको छ । स्थानीय तहले प्रतिकिलो रु ४० माथि दिने गरी सहमति गराइ सकेको छ । तर किसानलाई हाल उद्योगले प्रतिकिलो रु २० देखि ३० सम्म मात्र दिने बताउन थालेका छन् । वर्षको शुरुआतसँगै दिएको चियाको मूल्य हालसम्म समेत नपाउँदा किसानलाई चिया राख्नु न उखेल्नु भएको उनीहरुको भनाई छ । 

चिया क्षेत्रमा वर्षेनी किसान र उद्योगीबीचको मनमुटाव भइरहेको छ । आपसी समझदारीमा शुरुमा चिया लिएका उद्योगहरुले पछि चियाको उत्पादन बढ्न थालेपछि क्रमशः मूल्य घटाउने गरेका छन् । जसका कारण समस्या समाधान हुन सकिरहेको छैन । यसतर्फ पनि राज्यका तीन तहकै सरकारले ध्यान दिन नसकको किसानहरुको भनाई छ । समय समयमा अनुगमन हुन नसकेको र न्यूनतम मूल्य कार्यान्वयन गराउन सरकार लाग्न नसक्दा यस्तो परिस्थिति आएको किसान स्वयं बताउँछन् । यसतर्फ राज्यका सम्बद्ध निकायको ध्यान जानुपर्ने उनीहरुको माग छ ।  

इलाममा एक करोड ५९ लाख ७१ हजार, झापामा आठ करोड २५ लाख १७ हजार, पाँचथरमा सात लाख ६५ हजार, धनकुटामा तीन लाख नौ हजार, तेह्रथुममा एक लाख ५१ हजार र बाँकी नौ जिल्लामा तीन लाख ६८ हजार किलो हरियो पत्ति चिया उत्पादन हुन्छ ।

आठ हजार आठ सय ३८ हेक्टरमा परम्परागत रूपमा चिया खेती हुँदै आएको चिया तथा कफी बोर्डको तथ्याङ्कमा उल्लेख छ । एक हजार एक सय हेक्टरमा अर्गानिक चिया खेती हुँदै आएको छ भने दुई हजार एक सय २९ हेक्टरमा अर्गानिक उत्पादनतर्फ उन्मुख छ । अहिले नेपालमा एक करोड ६० लाख ३६ हजार किलो सीटीसी चिया उत्पादन हुन्छ ।

सीटीसी चियाको उत्पादन विशेष गरेर झापामा मात्रै हुन्छ । यो चियामध्ये झन्डै ४५ प्रतिशत स्वदेशमै खपत हुन्छ भने बाँकी निर्यात हुन्छ । यस्तै कारखानाबाट २६ लाख ७० हजार किलो अर्थोडक्स चिया उत्पादन हुन्छ । यस्तै दुई लाख २० हजार किलो ग्रिन टीको रुपमा र ३२ हजार किलो स्पेसियालिटी चिया उत्पादन हुन्छ । बोर्डकाअनुसार नेपालबाट भारतसहित तेस्रो मुलुकमा वार्षिक तीन अर्ब मूल्य बराबरको चिया निर्यात हुन्छ । चियालाई निर्यातजन्य तुलनात्मक लाभको सूचीमा राखिएको छ ।

चैत महिनाबाट चिया उत्पादन शुरु हुन्छ । जाडो याम शुरु हुन थालेपछि कात्तिक महिनाबाट चिया उत्पादन बन्द हुन्छ । चियाको उत्पादन बन्द भएपछि किसानको आन्दोलन पनि यसै रोकिने र उनीहरु आफैँ आफ्ना माग र मुद्दामा पछि सर्ने गरेका कारण पनि वर्षेनी चिया किसानको समस्या जस्ताको त्यस्तै रहने गरेको छ ।