काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६ पुगेको छ।
मृत्यु हुनेमा सुनसरीमा ७०, पर्सामा ५४ र ६०, काठमाडौंमा ८५, कपिलवस्तुरमा ६२ वर्षीय पुरुष र काठमाडौंमा ८० वर्षीया महिला मृत्यु भएको हो।











