१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादीको महाधिवेशनमा दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा बहस



अ+ अ-

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले कृषि क्षेत्रको उत्पादन वृद्धि, न्यायपूर्ण वितरण तथा हरित ऊर्जाको प्रयोगलाई जोड दिने गरी नीति तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

आइतबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनको बन्द शत्रमा नेता तथा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने तथा छोटो समयमै दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्न सकिने विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका हुन ।

संयोजक डा भट्टराईले भने, “त्यसका लागि राज्यको कुल बजेटको ४० प्रतिशत विकासमा खर्च गरिनुपर्छ । अरुले घिस्रने कुरा गरेका छन्, हामीले उफ्रने र उड्ने लक्ष्य बनाउनुपर्छ । विकास र समृद्धि प्राप्त गर्न पहिले उत्पादन बढाऔँ, पुग्ने गरी बाडौँ । शिक्षा, स्वास्थ्य, रोजगारी राज्यबाटै सुनिश्चित गरौँ ।”

वैदेशिक लगानी भित्र्याउन विद्यमान कानुनी अड्चनमा सुधार गर्दै पुँजीपतिसँग सम्झौताका साथ ठूला पूर्वाधार निर्माण गर्न सकिने भन्दै उनले यसबाट रोजगारी र राजस्व प्राप्त हुने भएकाले प्रोत्साहनको नीति आवश्यक रहेको बताए ।

संयोजक डा भट्टराईले योग र ध्यानको माध्यमद्वारा समाजमा सद्भाव काम गर्दै भौतिकसँगै मानसिक र आध्यात्मिक खुसीका लागि काम गर्नुपर्नेमा जोड दिए । यसका लागि राजनीतिक स्थिरता र सुशासन चाहिने भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गरिनुपर्ने उनको भनाइ थियो ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिइरहेका छन् । महाधिवेशनले ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

प्रचार विभाग प्रमुख मानुषी यमीले दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिइने बताए ।

महाधिवेशनको बन्दसत्रमा संयोगकबाट प्रस्तुत राजनीतिक र साङ्गठनिक प्रस्तावमाथि समूहगत छलफल भएको छ । अब संयोजकबाट छलफलमा उठेका प्रश्नको सम्बोधन भएसँगै निर्वाचन आयोगलाई जिम्मेवारी हस्तान्तर गरिने जनाइएको छ । रासस