१४ श्रावण २०८३, बिहीबार
,
Latest
फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा: सेभियामाथी बार्सिलोनाको सहज जित, अङ्कतालिकामा कडा टक्कर



अ+ अ-

काठमाडौं । स्पेनिस फुटबल लिग ला लिगा अन्तरगत बार्सिलोनाले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई उसकै घरेलु मैदानमा ४-१ गोलले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, फेर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले गोल गरे । सेभियाका रुबेन भार्गासले एक गोल फर्काए ।

खेलको ६२ औं मिनेटमा बार्सिलोनाका गोल स्कोरर लोपेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । तर सेभियाले त्यसको फाइदा उठाउन सकेन ।

यो नतिजासँगै ला लिगाको अङ्कतालिका रोचक बनेको छ । शीर्षस्थानको रियल मड्रीडको ५०, दोस्रो स्थानको एट्लेटिको मड्रीडको ४९ र तेस्रो स्थानको बार्सिलोनाको ४८ अङ्क छ ।

यता सेभिया भने २८ अङ्कका साथ १३ औं स्थानमा छ ।