१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा निषेधाज्ञा थप खुकुलो, के खुल्यो, के बन्द ?



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा तीन हप्तासम्म कडा निषेधाज्ञा खुकुलो बनाइएको छ । उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीको पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

बिहिबाट उपत्यकामा निजी सवारी साधन सबै सञ्चालनमा आएपनि सार्वजनिक सवारी साधनमा १६ सिट भन्दा बढी क्षमताका सवारी साधनमा जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । सार्वजनिक सवारी  साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ । ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । 

उपत्यकामा मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन  ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताए । उनले भने, ‘अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो ।’

पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार  मात्र खोल्न पाइने व्यवस्था गरिएको छ ।

भदौ ४ गतेदेखि लगातार दुई हप्ता अत्यावश्यक सेवामात्र सञ्चालन गर्न दिइएको काठमाडौं उपत्यकामा भदौ १७ गतेदेखि २४ गतेसम्म भने टेक अवे, होम डेलिभरी र निर्माण सामग्रीका पसल पनि सञ्चालन गर्न दिइएको थियो ।

नयाँ मोडालिटी अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा  निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो। तर होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने बन्दै रहने छन्।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।

हेर्नुहोस् काठमाडौं जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञाको आदेशको पूर्णपाठ