२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसपाको महाधिवेशन आइतबारदेखि



अ+ अ-

काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ ।

महाधिवेश नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । २९ माघसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार ५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवस्थापन समितिका संयोजक हिसिला यमीले प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी थिइन् ।

महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिष्पर्धाको आधारमा चयन हुने छ ।