३० भाद्र २०८३, मंगलवार
,
Latest
संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज रवि लामिछाने आब्हानमा बुधबार सर्वदलीय बैठक बस्दैं ‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने कोशी प्रदेश सरकारको निर्णय दुर्घटनामा दुई जनाको मृत्यु कृष्णभीरमा तत्काल सडक खुलाउने प्रयास, दीर्घकालीन समाधान भने चुनौतीपूर्ण: माटोविज्ञ इन्जिनियर न्यौपाने शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भूमिमा भइरहेको हस्तक्षेप बारे सत्तारूढ गठबन्धन मौनता रहस्यमय: राप्रपा



अ+ अ-

काठमाडौ । नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको आश्चर्यजनक मौनता दु:खद र रहस्यमय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जनाएको छ ।

राप्रपा महामन्त्री भुवन पाठकले एक बिज्ञप्ति जारी गर्दे नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसंग कुटनैतिक र राजनीतिक तहमा संवाद गरि अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरि समाधान निकाल्न नेपाल सरकार समक्ष  जोडदार माग  गर्नुभएको छ ।  

बिज्ञप्तिमा भनिएको छ- नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ । कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ।