१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड एफए कपको पाँचौं चरणमा प्रवेश



अ+ अ-

काठमाडौं। म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा लेस्टर सिटीविरूद्ध पुनरागमन जित निकाल्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो । सो क्रममा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हरायो  ।

लेस्टरले बबीन डे कारडोभाको गोलले ४२ औं मिनेटमा अग्रता लिएको थियो । जोसुआ जिर्कजीले युनाइटेडका लागि ६८ औं मिनेटमा बराबरी गोल फर्काए ।

इन्जुरी समयमा मागुयरले हेडिङमार्फत गोल गर्दै युनाइटेडलाई जित दिलाए । हारसँगै लेस्टर सिटी भने चौथो चरणबाटै बाहिरिएको छ ।