२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी



अ+ अ-

सुनसरी । आइएमइ लाइफ इन्स्योरेंस कम्पनी धरान शाखाले एक बिमितलाई २० लाख मुत्यु दावी भुक्तानी दिएको छ । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका धरानका दिपक मगरका आफन्तलाई मृत्यु दाबि भुक्तानी दिएको हो । 

तिन बर्ष अघि आईएमअई लाईफ ईन्सोरेन्समा १० लाख रुपैयाको विमा गरेका विमित मगरको असायमिक निधन भएपछि मृतककी श्रीमती संगीता राई मगरलाई २० लाख रकमको चेक हस्तान्तरण गरेको आईएमई लाईm ईन्सोरेन्सले जनाएको छ ।

स्वर्गिय मगरले कम्पनीमा मिति  २०७४ असोज ४ गते बिमा गरेका थिए । उनको २०७७ साउन १८ गते सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटनामा परि उपचार गर्ने क्रममा धरानको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । स्वर्गीय मगरको परिवारले एक महिना भित्र नै आवश्यक कागजात सहित विमा रकम माग दावि गर्ने वित्तिकै रकम भुक्तानी दिईएको धरान शाखा प्रमुख ओम प्रकाश राईले बताए । 

शाखा प्रमुख राईका अनुसार कम्पनीले बीमा बापतको बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ र बोनस रकम सहित एकमुस्ट २० लाख ६० हजारको चेक इन्सोरेन्सका प्रदेश नं. एक प्रमुख कर्मराज पौडेलले वितरण गरेका थिए । 

आइएमइ लाइफ इन्स्योरेंस धरान शाखा कार्यालयका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरु लगायत मृतकका आफन्तजनहरुको उपस्थितिमा विमा रकम भुक्तानी गरिएको थियो ।