२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल विधेयकप्रति बालेनको असन्तुष्टि, भन्छन्- ‘मलाई बोल्न दे सरकार’



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकप्रति असन्तुष्टि जनाएका छन्।

उनले सरकारले ल्याएको विधेयकप्रति गीतमार्फत विरोध जनाएका हुन् । सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ गत १५ माघमा राष्ट्रिय सभामा दर्ता गराएको थियो ।

अभिव्यक्ति स्वतन्त्रता माथि अङ्कुश लगाउने गरी सरकारले विधेयक ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बालेनले पनि असन्तुष्टि पोखेका हुन् ।

सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने भन्दै विधेयकमा वाक स्वतन्त्रता वञ्चित गरेकोमा विरोध स्वरूप गीत पुनः सेयर गरेको उनको सचिवालयले जनाएको छ ।

हेर्नुहोस् भिडियो