२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी-२० क्रिकेट : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै



अ+ अ-

काठमाडौं। काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार नेदरल्याण्ड्ससँग खेल्दै छ ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ। जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स तेस्रो पटक आमने सामने हुन लागेका हुन्। यसअघिका दुवै खेलमा डच टिमसँग नेपाल पराजित भएको छ। शृंखलाको पहिलो खेलमा २० रनले पराजित हुँदा नेपालले १५७ रनको लक्ष्य पछ्याएको थियो। दोस्रो खेलमा नेपालले १५ रनको हार बेहोर्‍यो।

ब्याटिङमा सुधार देखिए पनि फिल्डिङ कमजोर हुदा नेपाल जित नजिक पुगेर पनि निराश हुँदै आएको छ। हिजो भएको खेलमा नेपालले थाइल्यान्डविरुद्ध १०७ रनको लक्ष्य पूरा गर्न सकेन्। इन्दु बर्माको टिम १०१ रनमा समेटिएको थियो। शीर्ष क्रमका ब्याटरले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेका छैनन्।

चार खेलमा शत प्रतिशत नजिता निकाल्दै आठ अंक जोडेको थाइल्यान्ड शीर्ष स्थानमा छ। थाइल्यान्ड च्याम्पियन बन्ने लगभग निश्चित छ। चोटका कारण अल राउन्डर कविता कुँवरले शृंखला गुमाउँदा नेपाललाई थप धक्का लाग्यो। उनलाई अन्डर नाइन्टिन टिमकी रचना चौधरीले रिप्लेस गरेकी छिन्।