२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका राजकुमारले आजै राष्ट्रपतिलाई भेट्ने



अ+ अ-

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणमा मंगलबार नेपाल आउँदै छन् । राजकुमार एडवार्ड बिहान साढे १० बजे र उनकी श्रीमती सोफिया दिउँसो करिब २ बजे भारत हुँदै नेपाल आउने बताईएको छ ।

उनीहरुले आजै राष्ट्रपति रामचन्द्र पौडेललाईलाई भेट्ने तालिका रहेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । नेपाल आएपश्चात दुवैजना लैनचौरस्थित बेलायती राजदुतास जाने र दिउँसो सवा ४ बजे शीतल निवास प्रस्थान गर्ने तालिका रहेको स्रोतले जनायो ।

गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।

राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको पीएसओ परिचलन गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन् । पोखरामा उनीहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नेछन् ।

राजकुमार र राजकुमारी आइतबार स्वदेश फर्किने छन् । राजकुमार एडवार्ड बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ हुन् । बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये उनी १५औँ नम्बरमा छन् । सन् २०२५ मा नेपाल भ्रमण गर्ने उनी पहिलो अतिविशिष्ट विदेशी पाहुना हुन् ।