२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीको हिउँदे अधिवेशन आजदेखि



अ+ अ-

पोखरा। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिसमा आज दिउँसो २ बजेदेखि अधिवेशन आह्वान गरेका हुन् ।

हिउँदेअधिवेशनको पहिलो दिनको बैठकको कार्यसूची आइतबार नै तयार भैसकेको छ । सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ । त्यसपछि प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश सदनमा टेबुल गर्नेछन् ।

अन्तिममा प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक समापन हुने सचिव हरिराज पोख्रेलले जानकारी दिए । अर्को बैठक माघ ३० गतेका लागि डाक्ने छ ।

गण्डकी प्रदेशको बजेट अधिवेशन गत असोज ८ गते सकिएको थियो ।