६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण
अ+ अ-

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीलाई पोसाक(ट्रयाक सुट) वितरण गरिएको हो ।

पौवादुङमा– ५ सानोदुम्माका छवटा विद्यालयका चार सय ४४ विद्यार्थीलाई पोसाक वितरण गरिने छ । सानोदुम्मा माध्यमिक विद्यालयमा एक सय ७० थान र जाल्पा प्राथमिक विद्यालयमा १९ थान पोसाक वितरण गरिएको वडा कार्यालयले जनाएको छ । पोसाक आइसकेकाले माघ २३ गतेभित्र वडाका सबै विद्यालयमा वितरण गरिसक्ने वडाध्यक्ष बोमप्रसाद राईले बताए ।

महादेवी आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालय, पूर्व क्षितिज प्राथमिक विद्यालय र सुन्दरज्योति प्राथमिक विद्यालयमा दुई दिनभित्र वितरण भइसक्ने उनको भनाइ छ । वडाले चार लाख बजेट विनियोजन गरेर पोसाक वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिए ।

“पठनपाठनमा सहजतासँगै वडाभित्रका विद्यालयबीच एक रुपता ल्याउनको लागि पोसाक वितरण गरिरहेका छौँ” वडाध्यक्ष राईले भने,“हालसम्म दुईवटा विद्यालयमा वितरण गरिसकेका छौँ । माघ २३ गतेभित्र सबै विद्यालयमा वितरण गरिसक्छौँ । यसले विद्यार्थीको सरसफाइ तथा खेलकुद प्रतियोगितामा सहभागिताका लागिसमेत सहजता थप्ने हामीले अपेक्षा लिएका छौँ ।”

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकारले यहाँको आवश्यकताको आधारमा काम अघि बढाएको उपाध्यक्ष ज्योत्सना राईले बताइन् । सामुदायिक विद्यालय केन्द्रित यस्ता कार्यक्रमले विद्यार्थीहरुमा पठनपाठनप्रति थप उत्प्रेरणा बढ्ने उनको भनाइ छ ।

गाउँपालिकाभित्रका सबै ३२ नै विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । समाज सुधारको मुख्य सूचक शिक्षा रहेकाले यहाँका सामुदायिक विद्यालय भौतिक विकाससँगै शैक्षिक सुधारमा योजनाबद्ध रुपमा गाउँपालिकाले काम गरिरहेको उनको भनाइ छ ।

समाज सुधारको मेरुदण्ड नै शिक्षा हो” अध्यक्ष राईले भने,“हामीले नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिन आवश्यक छ । यहाँको शैक्षिक क्षेत्रको विकासका लागि गाउँपालिकाले योजनबद्ध रुपमा काम गरिरहेको छ । विद्यालयको भौतिक निर्माणसँगै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । रासस