२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो



अ+ अ-

ललितपुर। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एक दिन लम्बिएको छ । अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचीमाथि छलफल सम्पन्न  नभएकाले बैठक सोमबार पुनः बस्ने भएको हो ।

शनिबारदेखि ललितपुरको बालकुमारीमा जारी बैठकमा सङ्गठन सुदृढीकरणका लागि चार महिनायता सञ्चालन भइरहेको अभियानको समीक्षा गरिएको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ । बैठकमा पार्टीका प्रदेश, जिल्ला र पालिकास्तरका अधिवेशन आगामी वैशाखसम्म सम्पन्न गर्न निर्देशन दिइएको अध्यक्ष यादवका  स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।

बैठकमा सङ्गठनको जिम्मेवारी हेरफेर, विभागीय नेतृत्व बाँडफाँट तथा केन्द्रीय सल्लाहकार समिति गठनबारे छलफल भएको छ । कार्यकारिणी समितिमा नयाँ सदस्य समावेश गर्न गठित कार्यदलको प्रतिवेदनमाथि सोमबार थप बहस हुने जनाइएको छ ।

सोमबारको बैठकले मधेश केन्द्रित दलहरूसँग संयुक्त मोर्चा निर्माण, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशाबारे निर्णय लिने बताइएको छ ।