२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री केपी शर्माले दिए प्रशिक्षक मोन्टी देशाईलाई धन्यबाद



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेटमा अतुलनीय योगदान गरेका प्रशिक्षक मोन्टी देशाईलाई धन्यबाद ज्ञापन गरेका छन्।

प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल मार्फत उनलाई धन्यबाद दिएका छन्। मोन्टीको प्रशिक्षणमा नेपालले गरेको उत्कृष्ट प्रदर्शन र सफलतासँग जोडिएको उनको योगदानका लागि प्रधानमन्त्री केपी ओलीले मोन्टीलाई धन्यवाद समेत दिएको छ ।

मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले खराब फर्मबाट माथि उठेर राम्रो प्रदर्शन गरेको थियो भने पहिलोपटक एसिया कप खेल्दा आईसीसी टी-२० विश्वकप पनि १० वर्षपछि खेलेको थियो । मोन्टीले केही दिनअघि नेपालका युवा ब्याटरहरूलाई ब्याटिङ क्लिनिकमा पनि समावेश गराएका थिए ।