६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’

‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक महासचिव प्रदीपकुमार ज्ञवालीले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै सम्भावना नरहेको बताए ।

नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘काव्यगोष्ठी’मा उनले निरङ्कुुश राजतन्त्र भएका बखत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको स्मरण गर्दै अब त्यस्तो अवस्था आउने कुनै सम्भावना नरहेको बताए। अभिव्यक्ति स्वतन्त्रताको सवालमा नेपालले दक्षिण एसियामै अग्रगामी संवैधानिक व्यवस्था गरेको भन्दै यसलाई समृद्धि र रूपान्तरणका लागि उपयोग गर्न सक्नुुपर्नेमा जोड दिए ।

सहित्यकारसमेत रहनुभएका पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले वर्तमानका कवितामा सामाजिक मूल्य र न्यायको खोजी, लैङ्गिक समताजस्ता विषय अधिक आउने गरेको र स्रष्टाहरूले कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने आशा सम्प्रेषण गर्न सक्नुुपर्ने धारणा राख्नुभयो । उहाँले द्वन्द्वपीडितको आवाज प्रस्तुत गरिएको ‘विनाअनुहारको रात’ शीर्षकको कवितावाचन गरेका थिए।

कार्यक्रममा साहित्यिक र राजनीतिक क्षेत्रबाट ज्ञवालीले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो । यसैगरी, साहित्य सन्ध्याका अध्यक्ष रामविनयलाई समेत सम्मान गरिएको थियो । प्रतिष्ठानको हरेक महिनाको तेस्रो शनिबार हुने यस काव्यगोष्ठीमा यस पटक कवि विनयका आधा दर्जन कविताको एकल प्रस्तुति गरिएको थियो ।

उनले ‘म आएको छुु’, ‘हीरा थारू’, ‘जराको स्वर’, ‘झुुर्मे दर्जी’, ‘हाम्रो यात्रा’, ‘जुम्ला’ कवितावाचन गरेका थिए । वाचित कवितामा समीक्षा गर्दै डा हरिप्रसाद सिलवालले बुढ्यौली उमेरमा पनि सृजना र कर्ममा कवि विनयसँग क्रान्तिकारीपन पाइने बताए।

कार्यक्रममा साहित्यकार नमूना शर्मा, गोपालकुमार मैनाली, नन्दु उप्रेती, भारद्वाज मित्र, अनिता लामा, दिल पौडेल, युवराज नास्तिक, अनुराधा थापा, लक्ष्मणदेव पाण्डे, लोकेन्द्र रावल, तारानिधि पोखरेल, देवी पराजुली, गङ्गा खतिवडा, शिवहरि पाण्डे, बलराम विष्ट, माधव घिमिरे ‘अटल’, कुञ्जराज थापा, जगत वाशिष्ट, गङ्गा भेटवाल, इन्दिरा निरौला, जयराम बिँडारी, रुवी सत्याल, नवीन पल्लभ, चन्द्रकला चौलागाईं,  भावकेशर बराल, सुदीप पाण्डे, यशोदा गिरी, विमला ढकाल ‘समीक्षा’, दीनविनोद खड्का, मिसन अधिकारीलगायतले कवितावाचन गरेका थिए । उनहरूका कवितामाथि समीक्षक डा विनोद मञ्जनले समीक्षा गर्नुभएको थियो ।