२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा एकको मृत्यु, १३ जना घाइते



अ+ अ-

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- १ सत्रसयमा आज भएको बस दुर्घटनामा एक मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका बस्ने २२ वर्षीया सुमीना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। दुर्घटनामा घाइते सापकोटालाई आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्।

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको व्यास समितिको बा ५ ख २९९९ नम्बरको बस चालकले नियन्त्रण गुमाइ सडक छेउको कल्भर्टमा पल्टिँदा दुर्घटना भएको थियो। प्रहरीले बस चालक भानु नगरपालिका- ५ बस्ने ३५ वर्षीय रवीन्द्र घलेलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनामा कैलाली जोशीपुरका २३ वर्षीया लक्ष्मी बनादी, धनगढी बसबरिया गाउँपालिका- ५ बस्ने २२ वर्षीया अन्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका-७ बस्ने १९ वर्षीय किसान विक, व्यास नगरपालिका- १२ बस्ने १९ वर्षीय सुनिल विक, कास्कीको पोखरा महानगरपालिका-८ बस्ने २२ वर्षीया आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका ४ बस्ने ५१ वर्षीय सुनिल ढकाल, लमजुङको बेसीशहर नगरपालिका-३ बस्ने ४१ वर्षीय कृष्णबहादुर पाण्डे, तनहुँको व्यास नगरपालिका बस्ने १३ वर्षीया आस्था काफ्ले, गोरखाको सिरानचोक गाउँपालिका-४ बस्ने ४२ वर्षीय रामशरण कुवँर, सहिद लखन गाउँपालिका- २ घर भई हाल बन्दीपुर गाउँपालिका-१ बस्ने ५९ वर्षीय उज्ज्वल विक, भानु नगरपालिका १० बस्ने ५० वर्षीय खेमराज लौडारी र सोही ठाउँ बस्ने १७ वर्षीय प्रशान्त लौडारी घाइते भएका छन्।

उनीहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै आँबुखैरेनी गाउँपालिका-३ बस्ने ४२ वर्षीया दमन्ती थापालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ। रासस