२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णको माग गर्दै धर्ना शुरु



अ+ अ-

काठमाडौँ । वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णका लागि दबाब दिन चिकित्सकहरु धर्ना बसेका छन् ।

आज बिहानबाट वीरगञ्जको नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो । निर्माणको लागि टेण्डर भएपनि लामो समयदेखि निर्माण कार्य शुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा. निरजकुमार सिंहले बताउनु भयो ।

उहाँकाअनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निमार्ण हुन सकेको छैन । तर नेपालका अन्य केन्द्रिय अस्पतालहरुमा ५ सय शैय्याको भवन निमार्ण भई कार्य सञ्चालन समेत भइसकेको बताउनु भयो ।

नारायणी अस्पताल, वीरगञ्जको हाताभित्र ५ सय शैय्याको नविन भवन निमार्णका लागि दबाब दिन आज बिहान ११ बजे शान्तीपूर्वक धर्नामा बसी बिरोध गरेको सिंहले बताउनु भयो ।