३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

जनहित विपरितका ऐन, कानूनहरु निर्माण भए संसद छोडेर सडकको उपयोग गर्छौंः अध्यक्ष लिङदेन

जनहित विपरितका ऐन, कानूनहरु निर्माण भए संसद छोडेर सडकको उपयोग गर्छौंः अध्यक्ष लिङदेन
अ+ अ-

काठमाडौँ । संसदको हिउँदे अधिवेशन शुक्रवार (आज) बाट शुरु हुँदैछ । अधिवशेन शुरु हुँदै गर्दा विपक्षी दलहरु एक भएर सरकारको बिरोधमा उत्रिने बताइसकेका छन् । साथै सरकार पक्षका दलहरु आफ्नो नेतृत्वको सरकारको बचाउमा लाग्ने रणनीतिअनुसार अघि बढिरहेका छन् । विपक्षी दलहरुले सरकारले हालै ल्याएको अध्यादेशलाई लिएर सदनबाट नभए सडक संघर्ष गर्ने चेतावनी समेत दिएका छन् । सरकार पक्षका दलहरुले भने संविधानले दिएको अधिकारको प्रयोग गरेर अध्यादेश ल्याएको र देशको आर्थिक गतिविधि चलायमान बनाउनका लागि अध्यादेश ल्याएको बताइरहेको छ । सरकारले ल्याएको अध्यादेशलाई निजी क्षेत्रहरुले स्वागत पनि गरेका छन् । यता, विपक्षी दलहरुले भने सरकारले निरंकुशता देखाएको संसदको अवहेलना गरेको आरोप लगाउँदै आएको छ ।

आजबाट शुरु हुने संसदको हिउँदे अधिवेशनलाई कानून निर्माण गर्ने अधिवेशनका रुपमा लिइएको छ । तर सरकारले ढिलो संसद बोलाएको र अध्यादेशबाट सरकार चलाउन खोजेको भन्दै अध्यादेश अस्वीकार गर्ने र संसदमा सशक्त आवाज उठाउने रणनीतिअनुसार विपक्षी दलहरु अघि बढेका छन् । यसै विषयमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसँग कुराकानी गरेको छ । कुराकानीका क्रममा अध्यक्ष लिङदेनले राप्रपा विपक्षीहरुको पनि विपक्षी दल भएकाले सोहीअनुसार आफ्नो रणनीति बनाएर अघि बढिरहेको बताउनु भयो । उहाँले संसदमा देश र जनताका आवाजहरु सशक्त रुपमा उठाउने बताउनु भयो । अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभावकारी रुपमा उपस्थिति हुने बताउनु भयो । जनहित विपरितका ऐन, कानूनहरु निर्माण हुन थाले भने हामी संसद छोडेर सडकको उपयोग गर्ने चेतावनी समेत दिनुभयो । प्रश्तुत छः न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश ।

प्रश्नः आजबाट शुरु हुन लागेको संसदको हिउँदे अधिवेशनलाई कानून निर्माणका हिसावले महत्वपूर्ण रुपमा हेरिएको छ, तर बदलिँदो राजनीतिक परिवेशले गर्दा ति कुराहरु ओझेलमा पर्ने हो कि भन्ने आशंका पनि छ, राष्ट्रिय प्रजातन्त्र पार्टीले यसलाई कसरी हेरिरहेको छ ?

जवाफः संसदमा विधेयकहरुको चाङ लागेको कुरा सार्वजनिक भएकै छ । प्रक्रिया र परम्पराको हिसावले पनि हिउँदे अधिवेशन विधेयक अधिवेशन हो । यसको प्राथमिकता ऐन, कानून निर्माणमै हुनुपर्दछ भन्ने कुरामा हामी स्पष्ट छौं । तर विगतको परम्परा र वर्तमान सरकारको रवैयालाईलाई हेर्दाखेरि सरकारको प्राथमिकता ऐन कानूनमा हुनेछैन भन्ने पनि देखिन्छ । सरकारले जसरी हिउँदे अधिवेशनलाई टार्न खोज्यो मात्रै होइन विपक्षी दलहरुले आवाज उठाएपछि मात्रै एउटा प्रक्रिया पूरा गर्नको लागि संसद बोलाएको जस्तो देखिएको छ । हामीले यसलाई भरपुर उपयोग गर्नेछौं । कानून निर्माणको क्षेत्रमा होस् अथवा सरकारले अहिले देशको अर्थतन्त्रमा गति ल्याउन नसकेको मात्र होइन सरकारका कतिपय गलत नीतिहरुका कारण अर्थतन्त्रमा आएको संकट र भूराजनीतिक अवस्थामा देखिएको असन्तुलन र नेपाल भूराजनीतिक चक्रव्युहमा फस्नसक्ने खतराहरु देखिएका छन् । ति सबै विषयहरुमा हामी सशक्त रुपमा उठाउँछौं । संसदको उपयोग सर्वोत्तममुखी हिसावले राष्ट्रको हित र जनताको पक्षमा उपयोग गर्ने प्रयास हामी गर्नेछौं ।

प्रश्नः संसद्मा आफ्नो भुमिकालाई प्रखर र स्पष्ट बनाउनका लागि कसरी तयारी गरिरहनुभएको छ ?

जवाफः भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसमितिको बैठक पनि सम्पन्न भएको छ । त्यहाँ पनि हामीले निर्णय गरेका छौं कि राष्ट्रिय प्रजातन्त्र पार्टीले अब सडक र संसदको दुवै मोर्चालाई सशक्त रुपमा उपयोग गर्नुपर्दछ । अब हामी चाँडै पार्टी संसदीय दलको बैठक पनि बस्छौं । र जसरी विगतमा राप्रपाले संसदको उपयोग गरेको थियो त्यसलाई अझै सशक्त र प्रभावकारी ढंगले उपयोग गर्नेछौं । अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभावकारी रुपमा उपस्थित हुन्छ ।

प्रश्नः सशक्त र प्रभावकारी भन्नाले कुन–कुन एजेण्डाहरुलाई प्रश्तुत गर्नुहुन्छ ?

जवाफः मैले अघिपनि भनिसकँे विधेयक निर्माणको प्रक्रियामा पनि हामी एकदमै मसिनो ढंगले जनताको पक्षमा हुनेगरी विधेयकलाई टुंग्याउने र ठिक ढंगले आफ्नो धारणा राख्ने कामहरु गर्छौं र छलफलहरुमा आफ्नो धारणा राख्छौं भने देशको समसामयिक विषयवस्तुहरुमा र जनताका मुद्दाहरुमा समेत हामी प्रखर रुपले प्रश्तुत हुन्छौं ।

प्रश्नः संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालको संयुक्त सरकारले विपक्षी दलहरुलाई बेवास्ता गरेर अघि बढेको भन्ने आरोप छ, तपाईको बुझाई के हो ?

जवाफः नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले आफ्नो कार्यकालको ६ महिना पूरा गरिसक्दा खेरी जनतामा जुन किसिमको चरम निराशा उत्पन्न भएको छ । सरकार स्वयं पनि दुई दलीय सर्वसत्तावादतर्फ उन्मुख भएको छ । प्रजातन्त्रका मुख्य मान्यताहरुलाई कुल्चिएर संसदलाई छलेर अध्यादेशको बाटोबाट सरकार चलाउने जस्ता दुष्प्रयासहरु प्रारम्भ गरेको छ । हामीले त अझै दुई दलीय सर्वसत्तावादको अभ्यास प्रारम्भ गरेको भनेका छौं । त्यसको हामीले संसदमा सशक्त ढंगले प्रतिवाद गर्नेछौं । केवल बहुमतको भरमा जनहित विपरितका क्रियाकलपाहरु हुन थाले र जनहित विपरितका ऐन, कानूनहरु निर्माण हुन थाले भने हामी संसद छोडेर सडकको उपयोग पनि गर्नसक्छौं ।

प्रश्नः पछिल्लो समय सभामुखको भुमिकालाई लिएर पनि विभिन्न प्रश्नहरु उठिरहेका छन्, अब कस्तो भुमिका हुनुपर्छ ?

जवाफः यो प्रणालीको सबैभन्दा ठूलो दोष भनेकै संविधानले स्वतन्त्र र निष्पक्ष भनेर तोकेका सबै निकाय र अंगहरु निष्पक्ष र स्वतन्त्र हुन सकेका छैनन् । त्यति मात्रै होइन यि निकाय र व्यक्तिहरुमा दलको छायाँ र प्रभाव पनि देखिएको छ । चाहे त्यो राष्ट्रपति होस्, चाहे अदालत होस्, त्यस्तै छायाँ हामीले विगतमा सभामुखमा पनि देखेका छौं । वर्तमान सभामुखमा पनि अघिल्लो अधिवेशनमा त्यस्ता छायाँहरु देखिएकै छन् । म चाहन्छु संसदको परम्परा र गरिमा कायम गर्नको लागि सभामुखले यो पटक आफ्नो क्रियाकलापमा सुधार गर्नुहुनेछ । होइन, त्यही ढंगले दलीय छायाँ देखिन थाल्यो, सत्तापक्षीय गतिविधिलाई प्रोत्साहित गर्ने र प्रतिपक्षलाई चाहीँ निरुत्साहित गर्ने काम भयो भने विपक्षीबाट त्यसको प्रतिवाद हुने नै छ । तर म आशा गर्छु संसद भनेको प्रतिपक्षीको हो । त्यसको अभिभावकत्व सभामुखले लिनुपर्दछ । र सभामुखले त्यो काम गर्नुहुन्छ भन्ने मैले आशा गर्छु ।

प्रश्नः विपक्षी दलहरुले छलफलको माध्यमबाट केही रणनीतिहरु बनाउनुभएको छ ?

जवाफः प्रतिपक्षी दलहरुले छुट्टै बसेर छुट्टै रणनीति बनाउनुपर्छ भन्ने छैन । स्वभाविक रुपले हामी प्रतिपक्षमा छौं । र प्रतिपक्षी कित्तामा भएको पार्टीको नाताले प्रतिपक्षीहरुसँग इस्युबेस सहकार्य र छलफलहरु हुनसक्छ । कुनै त्यस्तो विषय आयो भने हामी बसेर छलफल पनि गर्नसक्छौं । नत्र भए आ—आफ्नो पार्टीको धारणा संसदमा प्रश्तुत गर्ने हो र आआफ्नो ढंगले प्रश्तुत हुने हो । राप्रपा त फेरि प्रतिपक्षीहरुको पनि प्रतिपक्षी हो । त्यसकारण हाम्रो अलिक फरक ढंगको प्रश्तुति हुनेछ । तर प्रतिपक्षीहरुको बीचमा सहकार्य नै हुँदैन भन्ने होइन । इस्युबेस हामी सहकार्य गरेर जान पनि सक्छौं ।