२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’



अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले लेखापरीक्षण क्षेत्रमा देखिएका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट स्वयम् सचेत हुनुपर्नेमा जोड दिए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आज यहाँ आयोजना गरेको सातौँ दीक्षान्त समारोहमा उनले पेसागत धर्म पालना तथा लेखा व्यवसायका सम्बन्धमा सामाजिक मान्यता र विश्वास अभिवृद्धि गर्न चार्टर्ड एकाउन्टेन्ट लाग्नुपर्ने बताए ।

“विकासका लागि सुशासन महत्वपूर्ण छ, दीक्षित विद्यार्थीले पेसाप्रति निष्ठावान् रही मुलुकको विकासमा सघाउन प्रतिबद्धता गर्नुपर्छ”, उपकुलपति बरालले भने, “सीमित स्रोतसाधनको सही उपयोग र परिचालन गर्न लेखा परीक्षणको भूमिका महत्वपूर्ण हुन्छ ।”

संस्थाका अध्यक्ष प्रवीनकुमार झाले इमान्दार र आचारसंहिताको पूर्णपालना गरेर काम गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । सो अवसरमा उपकुलपति बरालले दीक्षित चार्टर्ड एकाउन्टेन्टलाई शपथ ग्रहण गराए ।