१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्छ : सञ्चार मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्ने बताए ।

नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले जनताले सही सूचना पाए मात्र राष्ट्रिय एकता बलियो हुने बताए । उनले सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) ले जनताको हितका लागि भूमिका निर्वाह गर्नुपर्ने बताए ।

पिएसबी कार्यान्यवन गर्न मन्त्रालयले नीतिगत र बजेटको व्यवस्था गर्ने उल्लेख गर्दै उहाँले यसका लागि कर्मचारीले कामको दायित्व बोध गर्नुपर्नेमा जोड दिए । तपाईहरु काममा ध्यान दिनुहोस्, नीतिगत संरचना र बजेटको व्यवस्था गर्ने काम म गर्छु”, सञ्चार मन्त्री गुरुङले बताए ।

पिएसबीको प्रभावकारीताका लागि आवश्यक बजेट, नीति र स्रोत जुटाउने उनले उल्लेख गरेका छन् । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाल गौरवमय इतिहास बोकेका सरकारी सञ्चार माध्यम भएपनि समय सापेक्ष परिस्कृत गर्नुपर्नेमा जोड दिए ।

त्यसै अनुरुप पिएसबी मोडल आएको र यसको भरपुर प्रयोग गरेर जनताको घर घरमा सूचना सेवा पुग्न सके मात्रै यसको सार्थकता सावित हुने बताए ।  तीन तहको सरकारबीचको अन्तरसम्बन्ध तथा यर्थाथ सूचना दिइ जनतालाई जागरुक गराउनु पिएसबीको मुख्य दायित्व हो”, सञ्चार मन्त्री गुरुङले भने ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पिएसबी आएपछि रेडियो नेपाल र नेपाल टेलिभिजनको संरचनागत पुनःमिलन गराउन बाँकी रहेको बताए । संस्थाले कर्मचारीको व्यवस्थापन कसरी गर्छ ? भन्ने चिन्तालाई हटाएर सबैले निर्धक्कपूर्ण आ–आफ्नो जिम्मेवारी पुरा गर्न उन ले आग्रह गरेका छन् ।

कर्मचारीलाई दुखि बनाएर कुनै काम हुँदैन उनले भने तपाईहरु मनमा कुनै चिन्ता नराखि ढुक्क भएर काम गर्नुहोस् । कसैप्रति अन्याय हुन दिदैँनौ । पिएसबीका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले प्रर्याप्त बजेट, नीति, स्रोत र साधन भए पिएसबीको मान्यतालाई पूर्णरुपमा लागू गराइ प्रभावकारी बनाउन सकिने विश्वास दिलाए । रासस