६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई राजविराजमा प्रशिक्षण गरिँदै



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहका जनप्रतिनिधिलाई आज प्रशिक्षण दिँदै छ । राप्रपालले सप्तरीको राजविराजमा जमघट र सार्थक छलफल गरेर आफ्ना जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागेको हो ।

राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित दुई दिने प्रशिक्षणमा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग लगायतका नेताहरुबाट सम्बोधन कार्यक्रम छ ।

प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्देनले राप्रपाको राजनीतिक दृष्टिकोण, विकासको वैकल्पिक मार्गचित्र र पार्टीको घोषणापत्रबारे जानकारी दिनुहुने छ ।

यस्तै स्थानीय तहको कानुन निर्माण र न्यायिक सवालबारे नेपाल सरकारका पूर्व सचिव राजीब गौतम, राजस्व अनुमान, बजेट तर्जुमा र अनुदानबारे पूर्वसचिव, राप्रपाका मूख्य सचिव केदारबहादुर अधिकारी, थानीय तहको सामाजिक मुद्धाका बारेमा नेपाल सरकारका पूर्वसचिव केदार न्यौपानेले जानकारी दिने कार्यक्रम छ ।

यस्तै स्थानीय तहमा मेलमिलाप र सिफारिशका कानुनी र व्यवहारिक पक्षबारे राजीब गौतम, व्यवस्थित वस्ती विकास, भवन संहिता र विपद व्यवस्थापनबारे डा. संजय उप्रेती र फोहोरमैला व्यवस्थापनबारे नवीन विकास महर्जनले कार्यपत्र प्रस्तुत गर्ने तय भएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई विषयगत विज्ञहरुद्वारा विभिन्न विषयमा प्रशिक्षण दिइने विभागकी उपप्रमुखसमेत रहेकी पार्टीकी केन्द्रीय सदस्य खुस्बु ओलीले जानकारी दिइन् ।