२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ गतेबाट संविधान संसोधनको बहस सुरुहुन्छ : उपसभापति गुरुङ



अ+ अ-

स्याङ्जा। यहीँ माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रुपमा प्रवेश पाउने नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस स्याङ्जाको आयोजना र नेपाली काङ्ग्रेस भिरकोट नगर कार्यसमितिको ब्यबस्थापनमा भिरकोट नगरपालिका ३ मा रहेको भिरकोट सिटिहलमा सम्पन्न नेपाली काङ्ग्रेस स्याङ्जाको एक सय दिने अभियानको समापन कार्यक्रमा बोल्दै पुर्व मन्त्री गुरुङले सबैको अपनत्वा हुनेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताउनु भएको हो । उहाँले भन्नुभयो “यहीँ हिउदे अधिवेशनबाट संविधान संशोधनको प्रक्रियासुरु हुन्छ ।”

काङ्ग्रेस,एमाले,माओवादी,रास्वापा,राप्रपा,समाजवादी, मधेसवादी सबैको बीचमा सर्वदलीय समिती बनाएर प्रक्रिया अगाडि बढ्ने बताउदै उहाँले संविधान संशोधन आजको आवश्यकता भएको हुँदा सबैको सहमतिमै संशोधनको प्रक्रिया अगाडि बढ्ने धारणा राख्नुभयो । देशमा देखा परेका आर्थिक,संबैधानिक जटिलता अन्त्य गर्न दुई पाटीको सयुक्त सरकार बनेको  प्रशङ्ग जोड्दै यी दुई पटिलाई देशको समस्य समाधान नगर्ने छुट नभएको समेत धारणा राख्नुभयो ।

रिऋ लिएर घ्यू खान नहुने प्रशङ्ग जोड्दै उहाँले सधै बिदेशमा निर्भर हुने अर्थतन्त्र अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । बिदेशबाट ल्याएको समानमा लगाउने करबाट उठेको रकमले देशमा सोचेजस्तो विकास गर्न नसकिने भन्दै देशकै आन्तरिक अर्थतन्त्र बलियो बनाउन पनि यतिबेला सबै राजनैतिक दल एकठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री गुरुङले काङ्ग्रेस भित्रको एकता स्याङ्जाबाट सुरु गरिएको उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो ” आज सहिद दिवस यिनै सहिदहरुलाई साक्षी राखेर स्याङ्जाबाट एकता अभियान सुरुगरेका छौं ।” पाटीभित्रको गुटबन्दीले सिमिले ब्याक्तीले पद प्राप्त गरेपनी काङ्ग्रेसको लक्षप्राप्ति नहुने उहाँको भनाइ थियो । पाटिको लक्षप्राप्ति गर्न सबैले गुट त्याग्न उहाँको आग्रह थियो ।