१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया विजयी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना निर्वाचित भएकी छन् ।

जनार्दन शर्मा पक्षबाट उमेदवार रहेकी रानाले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, ११ सचिवको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ ।

खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल र सम्झना राई विजयी भएका छन् ।

छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् ।

जनजाति सचिवमा आर्टिस्ट मोक्तान, दलित सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो निर्वाचित भएका छन् ।